रमाइलो रारा ताल

- साप्ताहिक संवाददाता

आश्विन १८, २०७३-  

लौकिक सुन्दरताले भरिपूर्ण रारा समुद्री सतहबाट ३ हजार २ सय मिटरको उचाइमा छ । घामको किरणअनुसार आफ्नो रंग फेर्ने राराको फन्को लगाउँदा अलौकिक आनन्द प्राप्त हुन्छ । यो तालमा विश्वमै कहीँ पनि नभेटिने ‘स्नो टाउट’ प्रजातिको माछा पाइने भएकाले यसको अवलोकन गरेर रमाउन छुट्टै मजा आउँछ । 

 

तालको पूरा आकृति हेर्न समुद्री सतहबाट करीब ४ हजार मिटर उचाइमा अवस्थित मुर्मा टप पुग्नैपर्छ । त्यहाँ सेताम्मे हिमाल हेरेर रमाउन अझ रमाइलो हुन्छ । गुराँस फुल्ने मौसममा राताम्मे दृश्यले मन उस्तै रोमाञ्चित बनाउँछ । 

 

राराको यात्रा नेपालगञ्जबाट प्रारम्भ गर्न सकिन्छ । प्राय: पर्यटकहरू नेपालगन्जबाट पैदल हिंडेर जान कठिन हुने भएकाले मुगुको ताल्चा विमानस्थलसम्म जहाजमा गएर पैदल यात्रा गर्छन् । राराका लागि विशेष प्याकेज नभए पनि पाँच दिनको यात्रा गर्न सकिने एल्टिच्युट रन्दोने ट्रेकिङ कम्पनीका कार्यकारी प्रमुख छेटुप तामाङले जानकारी दिए । सामान्यत: राराका लागि ३० देखि ३५ हजार खर्च लाग्ने ट्रेकिङ संचालकहरू बताउँछन् । 

 

प्रकाशित: आश्विन १८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्