गीतकार बराईलीको ‘सङ्गराग’ सार्वजनिक

- साप्ताहिक संवाददाता

आश्विन १७, २०७३

 

युवा गीतकार रमेश सङ्गराग बराइलीले रचना गरेका आधुनिक गीतहरुको पहिलो एल्बम ‘सङ्गराग’ लाई गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल तथा फिल्म निर्देशक तुलसी घिमिरेले सोमबार काठमाडौंमा आयोजित एक समारोहमा विमोचन गरेका छन् । विगत दश वर्षदेखि गीत लेखनमा सक्रिय रहेको बताउँदै गीतकार बराइलीले नाच्ने होइन, बाँच्ने गीत लेखेको स्पष्ट पारे ।  

 

समारोहमा चलचित्र निर्देशक तुलसी घिमिरेले पुराना संगीतकार, गीतकार तथा गायकलाई बिर्सने तथा क्रेडिट नदिने प्रवृत्तिले सांगीतिक क्षेत्रमा जरा गाढेको गुनासो गरे । विशेष गरी रिमेक गरिएका गीतका सर्जकहरुलाई छायाँमा राखिने तथा नयाँ बनाउनेलाई मात्र अहिलेको स्रोताले चिन्ने चलनप्रति घिमिरे चिन्तित देखिएका हुन् । गीतकार संघको अध्यक्ष योगेन्द्रमणि दाहालले गीतकार बराइलीको लेखनमात्र होइन वाचन शैलीबाट समेत प्रभावित भएको बताए ।

 

बिमोचित एल्बममा बसन्त सापकोटा, प्रविण बराइली, सरोज पोखरेल, प्रकाश कटवाल, योगेश लुहुरुङ, बिबी अनुरागीको संगीतमा प्रमोद खरेल, अन्जु पन्त, प्रताप दास, योगेश लाम्गादे, योगेश लुहुरुङ तथा बिजुला बिकको स्वर सुन्न सकिन्छ ।

 

यो एल्बमलाई फोर एस मिडियाले एल्बमलाई बजारमा ल्याएको हो । एल्बममा ६ वटा गीत समावेश गरिएको छ । 

प्रकाशित :आश्विन १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्