उर्वशी शो—स्टपर

- साप्ताहिक संवाददाता

आश्विन १७, २०७३

 

बलिउड सेन्सेसनल उर्वशी रतेला नेपाली रनवेमा शो–स्टपरका रूपमा देखिने भएकी छिन् । उर्वशी मोडल क्वेस्ट इन्टरनेसनल नेपालको दोस्रो संस्करणको फाइनलमा उपस्थित हुने भएकी हुन् । यसअघि मोडल क्वेस्टको गत वर्ष सम्पन्न पहिलो संस्करण ब्रिटिस मोडल एवं बलिउड अभिनेत्री हेजल किच शो–स्टपरका रूपमा प्रस्तुत भएकी थिइन् । 

 

 

युहान इन्टरनेसनल इभेन्ट्सद्वारा आयोजित मोडल क्वेस्ट इन्टरनेसनल–२०१६ को फाइनल असोज १४ गते काठमाडौं सुन्धारास्थित आर्मी अफिसर्स क्लबको एनेक्स बिमा सञ्चालन हुनेछ । यो प्रतियोगितामा ३८ जना युवायुवती प्रतिस्पर्धामा छन् ।

प्रकाशित :आश्विन १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्