रमणको भिडियोमा प्रियंका र पुष्पको रोमान्स

- साप्ताहिक संवाददाता

आश्विन १४, २०७३

 

गायक रमण रेग्मीले गाएको आधुनिक गीत ‘खुल्ला जमिन...’ म्युजिक भिडियोमार्फत अभिनेत्री प्रियंका कार्की तथा अभिनेता पुष्प खड्काले पहिलो पटक अनस्क्रिन रोमान्स गरेका छन् । 

आनन्द राईको संगीत तथा दीपक निरौलाको शब्दको उक्त गीतको म्युजिक भिडियो युट्युब तथा विभिन्न टेलिभिजन च्यानलबाट एकै साथ प्रिमियर गरिएको छ । महाराज थापाद्वारा संगीत संयोजन गरिएको यो गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । अर्जुन तिवारी यो भिडियोका छायांकार हुन् भने निशान घिमिरे यसका सम्पादक हुन् ।

नारायण गोपाल तथा भक्तराज आचार्यको गायनबाट प्रभावित हुँदै सांगीतिक क्षेत्रमा आएका गायक रमण रेग्मी यतिबेला अष्ट्ेरलियामा छन् । स्कूले जीवनदेखि नै गीत–संगीतप्रति आकर्षित भएका रमणले पछिल्लो समय गायक रामकृष्ण ढकाललाई आफ्नो सांगीतिक गुरु मानेका छन् । २०५५ सालमै डोरेमी संगीत पाठशालामा संगीतको प्रशिक्षण लिएका रमणले करिव तीन वर्षको संगीतको अध्ययनपछि पहिलो एकल एल्बम ‘समर्पण’ स्रोतामाझ ल्याएका थिए । 

खुल्ला जमिनको म्युजिक भिडियो :

 

प्रकाशित :आश्विन १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्