लागूऔषध दुव्र्यसनमा पक्राउ पर्ने निम्न वर्गका दुव्र्यसनी महिलाको संख्या बढ्दै

- राजाराम पौडेल

आश्विन १३, २०७३

 

लागूऔषध बिक्री–वितरण, सञ्चय तथा सेवन जस्ता अपराध गरेको आरोपमा कास्कीमा दिन–प्रतिदिन विभिन्न व्यक्ति तथा समूह पक्राउ परिरहेका छन् । यसरी पक्राउ परेकाहरू अपराधी प्रमाणित हुँदै जेल जीवन बिताइरहेका छन्, तर यस्ता घटना अपेक्षाकृत ढंगले कम हुन सकेका छैनन् । कास्की जिल्ला अदालत, पोखरामा आर्थिक वर्ष ०७२/७३ मा ८१ थान लागूऔषध मुद्दा दर्ता भएको अदालतका स्रेस्तादार कृष्णप्रसाद नेपालले बताए । 

 

पक्राउ पर्नेहरूले ‘बरामद लागूऔषध सेवन गर्न राखेको हुँ, बिक्री–वितरण गर्न होइन’ भन्ने गरे पनि बरामद लागूऔषध यो व्यक्ति वा समूहसँग खरिद गरेको हुँ भनेर किटान गरेको पाइँदैन । अधिकांशले नचिनेको व्यक्तिसँग खरिद गरेको हुँ भनेर बयान दिएका कारण त्यस्ता कार्यमा संलग्न प्रमुख व्यक्तिलाई कानुनको दायरामा ल्याउन नसकिएको स्रेस्तादार नेपाल बताउँछन् । 

कास्कीमा लागूऔषधको दुव्र्यसनमा रहेका पुरुषको संख्या देशभरमातेस्रो स्थानमा छ । विशेष गरी बाबु–आमा विदेशमा भएका र आर्थिक अवस्था मजबुत हुने युवाहरू बढी मात्रामा लागूऔषध दुव्र्यसनमा फसे पनि पक्राउ पर्नेमा अधिकांश निम्न वर्गका छन् । पछिल्ला दिनमा कास्कीमा लागूऔषधको दुव्र्यसनमा फस्ने महिलाहरूको संख्या पनि उल्लेख्य रूपमा बढ्दै गएको छ ।

 

‘लागूऔषधको कारोबार र प्रयोग गर्नेमा श्रीमान् विदेशमा भएका महिलाको संख्या बढ्दै गएको छ,’ जिल्ला सरकारी वकिल कार्यालय, कास्कीका जिल्ला न्यायाधिवक्ता स्वतन्त्र न्यौपानेले बताए । ‘पक्राउ पर्नेमा विशेष गरी सवारी साधनका चालक, सहचालक एवं आर्थिक अवस्था कमजोर भएकाहरू बढी छन्,’ न्यौपाने भन्छन् ।

 

लागूपदार्थको कारोबार र प्रयोग तीन प्रकारका परिवारले गर्ने लागूऔषध नियन्त्रण ब्युरो पोखराका प्रहरी नायब निरिक्षक विद्याधर त्रिपाठी बताउँछन्, जसमा निम्न, मध्यम तथा सम्भ्रान्त वर्ग पर्छन् । विशेष गरी यसको कारोबारमा निम्नवर्गीय बढी देखिन्छन् । उनीहरू किनेर ल्याउने, बेच्ने र आफुले पनि खाने काममा संलग्न हुन्छन् । यिनीहरू आर्थिक फाइदा हुने लोभमा यो कुलतमा लाग्छन् । अर्को, मध्यम वर्ग । यसमा सामान्य व्यापार व्यवसाय गर्ने, सामान्य जागिर खाने, घरका सदस्य खाडी मुलुकमा जानेका छोराछोरीहरू छन् ।

 

अर्को छ, सम्भ्रान्त वर्ग, जसका अभिभावक बेलायत, अमेरिका आदि विकसित मुलुकमा हुन्छन् । निम्न वर्गका परिवारका छोराछोरीलाई २–४ हजार रकमको प्रलोभनमा पारेर उनीहरू 

आफ्नो आवश्यकता पूरा गर्छन् । 

 

कति छन् लागूपदार्थ दुव्र्यसनी ?

केन्द्रीय तथ्यांक विभागको वि.सं. २०६९ को तथ्यांकअनुसार कास्कीमा ६ हजार ९ सय १७ लागूपदार्थ दुव्र्यसनी छन्, जसमा पुरुषको संख्या ६ हजार ४ सय १४ छ भने महिलाको संख्या ५ सय ३ छ । हरेक वर्ष ११ दशमलव ३६ प्रतिशतले यो संख्या वृद्धि हुने प्रक्षेपण 

गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीको तीनवर्षे रिपोर्ट

जिल्ला प्रहरी कार्यालय, कास्कीमा आर्थिक वर्ष ०७०/७१ मा ८४ थान लागूऔषधका मुद्दा दर्ता भएका थिए । यी मुद्दामा १ सय २० जना पुरुष तथा ९ जना महिला पक्राउ परेका थिए, जसबाट बुप्रिनर्फिन १ हजार ४ सय ५६ थान, डाईजापाम १ हजार ४सय ९७ थान, फेनेरागन १ हजार ४ सय ८० थान, ब्राउनसुगर १२ ग्राम २ सय १५ मिलिग्राम, गाँजा १० केजी ६ सय ८ ग्राम, पिजेसिक ६० थान, चरेश २१ केजी १ सय १८ ग्राम ४ सय २० मिलिग्राम तथा नाइट्रोभ्याट १ सय ८३ चक्की बरामद गरिएको थियो । 

 आर्थिक वर्ष ०७१/७२ मा जिल्ला प्रहरी कार्यालय, कास्कीमा ८९ थान मुद्दा दर्ता भए । ती मुद्दामा १ सय ५२ जना पुरुष तथा ६ जना महिला पक्राउ परे । जसबाट लागूऔषध बुप्रिनर्फिन २ हजार ३७ थान, डाइजापाम थान २ हजार १ सय २९ थान, फेनेरागन थान २ हजार ७९ थान, गाँजा ५ केजी ७ सय ६० ग्राम, ब्राउनसुगर ३६ ग्राम, नाइट्रोभ्याट ५ सय ५४ चक्की, सर्जिडोल १४ र फोर्टिलेक्स १० चक्की, नाइट्रोसन ९ सय ६, लुपिजेसिक १ सय ५८, स्पामो १०, चरेश २ केजी ६ सय ४७ ग्राम, कोरेक्स १० लिटर तथा फोर्टविन ३० थान बरामद भएको थियो । 

यसैगरी आर्थिक वर्ष ०७२/७३ मा ७३ थान मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भए । ती मुद्दाको सिलसिलामा १ सय १२ जना पुरुष तथा ९ जना महिला पक्राउ परे । जसबाट लागूऔषध बुप्रिनर्फिन १ हजार २ सय ९७, डाईजापाम १ हजार २ सय ६३ थान, फेनेरागन १ हजार २ सय ८१ थान, चरेश ३१ किलो ९६८ ग्राम, गाजाँ ८ किलो ४९५ ग्राम, नाइट्रोसन ५ सय ४३, प्रोभेक्सन १ सय २८, नाइट्रोभ्याट १ सय ९५, लुपिजेसिक थान ४७, स्पामो ५ ट्याप्लेट र ब्राउनसुगर २ सय १५ ग्राम ७५ मिलिग्राम बरामद भएको थियो । 

 

पक्राउ पर्ने कस्ता छन् ?

लागूऔषध मुद्दामा पक्राउ परेका अधिकांश लागूऔषध प्रयोगकर्ता पनि हुन् । लागूऔषध नियन्त्रण ब्युरो पोखराका प्रहरी नायब निरिक्षक विद्याधर त्रिपाठी १५ देखि ३० वर्ष उमेर समुहका व्यक्ति यो कुलतमा फस्ने गरेको पाइएको बताउँछन् । साथीभाइको लहलहैमा र कौतूहलता जाग्दा यो उमेर समूहका व्यक्ति कुलतमा फस्ने सम्भावना बढी हुन्छ । यस्तो कुलतमा संलग्न व्यक्तिहरूले कानुन नबुझेका हँुदैनन् ।

 

पहिले साथीले लागूपदार्थ सेवन गर्न सिकाउने, त्यसपछि किन्न लगाउने, पैसा सकिएपछि चोर्ने, अन्य साथीहरूलाई बेच्ने, पुन: अन्य साथीलाई आर्कषण गर्ने र कुलतमा फसाउने गरेको अनुसन्धानका क्रममा देखिएको त्रिपाठीले बताए । केही भने धेरै आम्दानी गर्ने प्रलोभनमा परेर दुव्र्यसन र कारोबारमा फसिरहेका छन् ।

 

कानुनमा के छ ?

लागूऔषध बिक्री–वितरण, सञ्चय एवं सेवन गर्नेलाई लागूऔषध नियन्त्रण ऐन–२०३३ को दफा १४(१) झ बमोजिम २ वर्षदेखि १५ वर्ष कैद तथा जरिवाना हुने व्यवस्था छ । सेवन गर्नेलाई उक्त ऐनको दफा १४ (१) ग बमोजिम कम्तीमा २ महिना कैद तथा रु. २ हजार जरिवाना हुने व्यवस्था छ । हाम्रो देशको कानुन प्रणाली Common law system मा आधारित भएकाले सरकारवादी मुद्दामा सामान्यत: प्रमाणको भार वादीले पुर्‍याउनुपर्ने हुन्छ, तर लागूऔषध मुद्दामा आफू निर्दोष रहेको भनी प्रमाण पुर्‍याउनुपर्ने भार प्रतिवादीमै रहन्छ, जसलाई कानुनी भाषामा strict liability भनिन्छ ।

 

लागूऔषधअन्तर्गत सामान्य प्रकृतिको औषधोपयोगी गाँजादेखि गम्भीर प्रकृतिको ब्राउनसुगर जस्तो पदार्थसमेत यसअन्र्तगत पर्ने भएकाले यससम्बन्धी दण्ड सजाय पनि सोही अनुरुप भएको पाइन्छ । कानुनी व्यवस्थातर्फ हेर्दा लागूऔषध नियन्त्रण ऐन–२०३३ को दफा १४ दण्ड सजायसम्बन्धी व्यवस्था गरेकाले लागूऔषध गाँजा सेवन गर्ने व्यक्तिलाई न्यूनतम रूपमा एक महिनासम्म कैद १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ भने अफिम वा कोका वा सोबाट बनेको लागूऔषध सेवन र खेती गर्ने कार्यबाहेक अन्य निशेधित कार्य गर्ने व्यक्तिलाई १५ वर्ष देखि जन्मकैद र ५ लाख देखि २५ लाखसम्म जरिवाना गर्ने गरी कसुरको मात्रा अनुसार फरक–फरक किसिमको सजायको व्यवस्था गरिएको छ । 

 

न्यूनीकरण गर्न भएका काम 

नेपाल पुलिस, विभिन्न आमा समूह, सामाजिक संस्था तथा पुनस्र्थापना केन्द्रहरूले बेला–बेलामा लागूऔषधविरुद्ध सचेतनामूलक अभियान चलाउने गरेका छन् । यस्ता कार्यक्रमले समाजमा चेतना फैलिए पनि अथवा दुव्र्यसनमा फस्नेहरूको संख्यामा केही कमी आए पनि त्यो प्रर्याप्त हुन सकेको देखिँदैन ।

 

कास्कीमा कम्युनिटी सपोर्ट गु्रप, असल छिमेकी नेपाल, गेट वे फाउन्डेसन, मनिष केयर फाउन्डेसन, नौलो घुम्ती नेपाल, न्यू लाइफ रिहाविलिटेशन सेन्टर, न्यू भिजन नेपाल, रिकभरिङ ग्रुप, रिचमोन्ड फ्लोसिप नेपाल, सेभ द लाइफ नेपाल, सोसियल कन्सर्न ग्रुप लागूऔषध दुव्र्यसन न्यूनीकरण तथा दुव्र्यसनमा परेकालाई पुर्नस्थापित गर्न सक्रिय छन् ।

 

न्यूनीकरणका लागि

अभिभावकले युवा अवस्था आफ्ना बाबुनानीहरूको निगरानी गर्नुपर्छ । अनावश्यक रकम दिने तथा गलत व्यक्तिको संगतमा लाग्न दिनु हुँदैन । लागूऔषध दुव्र्यसनले पार्ने असरका बारेमा सामाजिक जागरण ल्याउने काम गर्नुपर्छ ।

विशेष गरी विद्यालय र कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूलाई यसका बारेमा सचेतना जगाउनुपर्ने कम्युनिटी सपोर्ट ग्रुप नेपालका कार्यकारी निर्देशक दिलीप गुरुङ बताउँछन् । आफ्ना बाबुनानीमा अनौठो व्यवहार देखिए निगरानी गर्न सकेको खण्डमा पनि दुव्र्यसन कम गर्न सकिने तर्क उनको छ ।

प्रकाशित :आश्विन १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्