मिलनको लठ्ठै बनायो
आश्विन ११, २०७३
गायिका मिलन अमात्यले गाएको लठ्ठै बनायोको म्युजिक भिडियो युट्युववाट हालै सार्वजनिक भएको छ ।
गायिका अमात्य र पुष्प खड्काले अभिनय गरेको उक्त भिडियोमा अमात्य गाडी मेकानिक र खड्का सवारी धनीको रुपमा चित्रण गरिएको छ । दिलिप पियाको रचना, हरि लम्सालको कम्पोज, राजन इशानको एरेन्ज रहेको उक्त गितलाई भाइब्स क्रिएसनले बजारमा ल्याएको हो ।
मन एल्वको उक्त गीतको कोरियोग्राफी राजीव समरले गरेका छन् भने छायांकन अर्जुन तिवारीले गरेका हुन् । निकेश खड्काको निर्देशन रहेको उक्त म्युजिक भिडियोको सम्पादन प्रकाश तुलाधरले गरेका हुन् ।
लठ्ठै बनायोको म्युजिक भिडियो
प्रकाशित :आश्विन ११, २०७३
















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्