डिजाइनर नीलडेभिडको ट्रंक शो (फोटो फिचर)

- साप्ताहिक संवाददाता

आश्विन १०, २०७३

हेयर स्टाइलिस्ट नीलडेभिड कटवालले काठमाडौंमा पहिलो पटक ‘ट्रंक शो’ आयोजित गर्दै आफूले डिजाइन गरेका पहिरन व्यवसायिक मोडलहरूमार्फत प्रस्तुत गरेका छन्  ।

आफ्नै निवास भैंसेपाटीमा आयोजित शोमा कटवालले भारतीय डिजाइनर अनु खेमाकासँगको सहकार्यमा डेढ दर्जन मोडलमार्फत आफ्ना डिजाइन प्रदर्शन गरेका हुन् । ‘एनडिके एन्ड सिफन फेसन वेयर ब्रान्ड’ शीर्षकको उक्त शोमा नायिका पूजना प्रधान शो–स्टपर थिइन् भने नायिका गौरी मल्ल प्रमुख अतिथि थिइन् । उक्त शोमा ओमन्स वेयरलाई प्राथमिकता दिइएको थियो, जसमा पार्टी वेयर, ब्राइडल सारी, लेहेंगा, कुर्ता आदि समावेश थिए ।

एनडिके एन्ड सिफनको अर्को फेसन शो अक्टोबर १४ का दिन कोलकाताको ताज बंगाल होटलमा सम्पन्न हुने बताइएको छ ।

 

प्रकाशित :आश्विन १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्