नेपाली बजारमा दुई नयाँ ब्रान्ड

- रामजी बलामी

आश्विन ९, २०७३

 

ओप्पो ए–३७

ओप्पो को ए–३७ मोडलमा ५ इन्चको डिस्प्ले छ । यो फोनमा १.२ गिगाहर्ज क्वाडकोर प्रोसेसर छ । ८ मेगापिक्सेलको रियर तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेराजडित यो फोनमा २ जिबीको र्‍याम तथा १६ जिबीको रोम छ । २६३० एमएएच क्षमताको ब्याट्रीयुक्त यो फोनको मूल्य करिब २२ हजार रुपैयाँ पर्छ ।

                   

ओप्पो एफ वान एस

सेल्फी एक्सपर्टका रूपमा चिनिएको यो फोनमा सेल्फीका लागि उत्कृष्ट फिचरहरू छन् । १६ मेगापिक्सेलको प्राइमेरी तथा १३ मेगा पिक्सेलको रियर क्यामेरा रहेको यो फोनमा एमटी ६७५० अक्टाकोर प्रोसेसर छ । ५.५ इन्चको यो फोनमा ३ जीवीको र्‍याम छ भने ३२ जिबीको रोम छ । एन्ड्रोइड ५.१ अपरेटिङ सिस्टममा चल्ने यो फोनमा ३०७५ एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । यो फोनको मूल्य करिब ३३ हजार रुपैयाँ पर्छ ।    

मेजुको एमथ्री नोट                      

यसमा ब्याक कि, फिङ्गरप्रिन्ट तथा होम कि अपरेसनको सुविधा छ । ५.५ इन्च स्क्रिनको यो फोनमा अक्टाकोर १.८ गिगाहर्ज प्रोसेसर छ । ६४ बिटको प्रोसेसरयुक्त यो फोनमा ‘हेइलो पी १०’ प्रोसेसर प्रयोग गरिएको छ । यो फोनमा १३ मेगापिक्सलको रियर क्यामेरा तथा ५ मेगापिक्सल फ्रन्ट क्यामेरा छ । ३ जिबी र्‍याम तथा ३२ जीबी रोम रहेको यो फोनको ब्याट्री क्षमता ४१०० एमएएच भएको बताइन्छ । ग्रे, सिल्भर एवं गोल्डेन रंगमा उपलब्ध यो फोनको मूल्य करिब २५ हजार रुपैयाँ पर्छ ।

ओप्पो नियो–७

५ इन्चको डिस्प्ले भएको यो फोनमा १ जिबी र्‍याम तथा १६ जिबीको रोम छ । ८ मेगापिक्सेलको रियर तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको 

ओप्पो नियो–७ को मूल्य करिब १५ हजार रुपैयाँ पर्छ ।

मेजुको एमथ्रीएस

मेजुको एमथ्रीएस । ५.० इन्चको छ र यो अक्टाकोर प्रोसेसरयुक्त छ । १३ मेगापिक्सलको रियर क्यामेरा भएको एमथ्रीएसमा ५ मेगापिक्सलको अटोफोकस फ्रन्ट क्यामेरा छ । यसमा होम कि, व्याक कि तथा फिङ्गरप्रिन्ट अपरेसनको सुविधा छ । ५.० इन्चको स्क्रिनसहित यसमा ३ जिबी र्‍याम, ३२ जिबी रोम एवं ३०२० एएमएचको ब्याट्री जडान गरिएको छ । यो सेटको मूल्य करिब २१ हजार रुपैयाँ पर्छ ।

 

प्रकाशित :आश्विन ९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्