अब निर्मात्री शिल्पा

- साप्ताहिक संवाददाता

आश्विन ८, २०७३- 

कुनै बेला म्युजिक भिडियोमा सीमित मोडल थिइन्— शिल्पा पोखरेल । आज उनी नेपाली चलचित्रकी सम्भावना बोकेकी नायिकाका रूपमा स्थापित भैसकेकी छिन् । अभिनय, नृत्यदेखि द्वन्द्वका दृश्यमा समेत रुचाइएकी शिल्पाको परिचयमा अब एउटा अर्को विशेषण पनि थपिएको छ ।

 

उनलाई अब दर्शकले निर्मात्री शिल्पा पोखरेलेका रूपमा समेत चिन्न पाउनेछन् । निर्माता छविराज ओझासँग विवाह हुने चर्चा चलिरहेकै बेला शिल्पा ओझाकै ब्यानर छविराज प्रोडक्सनमार्फत निर्मात्री बन्ने भएकी हुन् । चलचित्र ‘हिफाजत—२’ मा शिल्पा निर्मात्रीका रूपमा समेत प्रस्तुत हुनेछिन् ।

 

‘छविराज प्रोडक्सनबाट निर्माण हुने चलचित्रबाट पारिश्रमिक लिनुभन्दा पर्सेन्टेजमा काम गर्नु उचित लागेकाले निर्मात्री बन्ने निर्णय गरेकी हुँ’, शिल्पाको भनाइ छ । सहकार्यको यो प्रस्तावमा छविराजले पनि हरियो झन्डा देखाइसकेका छन् । भनेपछि यो सहकार्य केही लामै चल्नेवाला छ । 

प्रकाशित :आश्विन ८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्