जापानमा नेपाली अनुसन्धानकर्ता उत्कृष्ट घोषित

- साप्ताहिक संवाददाता

आश्विन ५, २०७३-  

जलवायु र जलस्रोत विषयमा उत्कृष्ट अनुसन्धान गरे वापत जापानमा अनुसन्धानरत एक नेपाली युवा पुरस्कृत भएका छन् । हालै एक समारोहबीच अर्घाखाँची सन्धिखर्कका नेपाली युवा डा. शक्ति पीसीले गरेको अनुसन्धान कृति उत्कृष्ट भई उनी सम्मानित भएका हुन् ।

 

उनले पहाडी क्षेत्रमा पर्ने ‘वर्षाको मापन र नयाँ विधि’ एक्स व्याण्ड पोलारिम्याट्रिक र्‍याडरको प्रयोग गरि कसरी वर्षाको सहि तरिकाले मापन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेका हुन् । मौसम तथा जलवायु विज्ञानसंग मा सम्वन्धित पीसीको यो अनुसन्धानले जापानमा विशेषगरी शहरी क्षेत्रमा हुने अत्यधिक वर्षा तथा बाढी आउने समयको जानकारी तथा पूर्वानुमानको काममा अध्ययन गर्ने गरेको छ ।

 

सोही अध्ययनवापत उनलाई जापानको फुकुसिमामा आयोजित एक भव्य कार्यक्रममा जापान सोसाईटि अफ हाईड्रोलोजी वाटर रिसोर्सेज संस्थाले  ‘योङ अथर एक्सिलेन्ट आर्टिकल अवार्ड’ प्रदान गरेको हो । यो संस्थाले वर्षेनि जापानका सयौं विज्ञहरुलाई सोध अनुसन्धान गर्न लगाई वार्षिक सम्मेलन आयोजना गर्दै आएको छ । 

प्रकाशित :आश्विन ५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्