सन्नीको उदय

- साप्ताहिक संवाददाता

आश्विन ४, २०७३- 

नेपाली रजतपटले अभिनेताका रूपमा एउटा नयाँ अनुहार पाएको छ र उनी हुन्— सन्नी सिंह । हुन त मोडलिङका लागि उनको अनुहार नौलो होइन, तर चलचित्रमा भने उनले पहिलो पटक पदार्पण गर्न लागेका हुन् । छुल्ठिम गुरुङले निर्माण गर्न लागेको चलचित्र ‘डायरी’ का एक्ला अभिनेता हुन्— सन्नी । सन् २०१३ को म्यानहन्ट इन्टरनेसनलमा उत्कृष्ट पाँचभित्र अट्न सफल तथा मिस्टर फोटोजेनिकको उपाधि विजेता सन्नीले डिसहोमको विज्ञापनमा अभिनय गरिसकेका छन् । 

 

विशाल कपुरको शोसहित थुप्रै फेसन शोमा क्याटवाक गरिसकेका सन्नी कुशल फोटोग्राफरसमेत हुन् । मोडलिङ तथा अभिनयमा नआएको भए उनी यतिबेला इन्जिनियर भैसकेका हुन्थे । आफूलाई दयाहाङ राईको फ्यान बताउने सन्नी विराटनगरका स्थायी बासिन्दा हुन् । ६ फिट अग्ला सन्नीले आगामी दिनमा चलचित्रमै करियर बनाउने निर्णय लिएका छन् । 

प्रकाशित :आश्विन ४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्