राजेन्द्र थापाको मुक्तक
आश्विन १, २०७३
गफ त खुबै हाँक्दै हुनुहुन्छ
देश हाँक्ने चैँ कैले नि
आमूल परिवर्तन भन्नुहुन्छ
सिन्का भाँच्ने चैँ कैले नि
हाम्रा भित्ता र ढोकामा
तपाईँहरूको तस्बिर खुब टाँसियो
तपाईंहरूका घरमा
जनताका तस्बिर टाँस्ने चैँ कैले नि ।
प्रकाशित :आश्विन १, २०७३
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्