तीज विशेष गरेर हिन्दू धर्मावलम्बीहरूको पर्व हो

- साप्ताहिक संवाददाता

भाद्र २८, २०७३

 

तीज पनि विकृतिको बीज बनेको हो कि (फ्रन्टपेज : मुड तीजको) ? महँगा गहना र पहिरन प्रदर्शन गर्ने होडबाजी चलिरहेको छ । घाँटी हेरी हाड निल्नु भन्ने उखान सबैले बिर्सिएका छन् । 

खत्रीको जेठो छोरो

तीज विशेष सामग्री समेटिएको साप्ताहिक राम्रो लाग्यो । आउँदा अंकहरूमा अझ ज्ञानवद्र्धक सामग्रीहरू पढ्न पाइयोस् । 

भरत खनाल

तीज विशेष गरेर पर्व हिन्दू धर्मावलम्बीहरूको पर्व हो (सबै जातिमाझ लोकप्रिय तीज) । यो पर्व जनजातिको होइन, त्यो सत्य हो । यद्यपि अहिलेको नयाँ पुस्ताले यस्ता कुरा मान्न छाडिसकेको छ । हुन पनि हो, अब जातजाति, धर्म, आदिवासी, दलित सबैप्रति समान व्यवहार गर्नुपर्छ भन्ने भैसकेको छ । २१ औं शताब्दीमा आएर पनि धर्म र जातको कुरा गर्नु बेकार हो । तसर्थ कुनै पनि पर्व हामी सबै मिलेर मनाउँदैमा केही फरक पर्दैन । 

राज स्याङ्बो

कुनै पनि चाडपर्व मनाउनु आफैंमा ठूलो कुरा हुन्छ (सबै जातिमाझ लोकप्रिय तीज) । विदेशीहरू आएर त हाम्रो चाडपर्व मनाइदिँदैनन् क्यार †

शिवु नौवाध

आसाममा पनि भव्य रूपमा तीज मनाइँदो रहेछ (अनुभव : यता र उताको अनुभव) । नेपाली कला, संस्कृति एवं चाडबाड जति सक्दो फैलिएकै राम्रो । 

ज्योति श्रेष्ठ

प्रकाशित :भाद्र २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्