नेपालको कानुन माकुराको जालोजस्तो

- साप्ताहिक संवाददाता

भाद्र २०, २०७३

 

कलाकार सुनिल थापासम्बन्धी सामग्री रमाइलो लाग्यो (फ्रन्टपेज : किक कसले दिने ?) । नेपाली चलचित्रमा मात्र होइन, हिन्दी चलचित्रमा पनि आफ्नो छाप छाड्न सफल छन्, सुनिल । उनको अभिनय यात्रा जारी रहोस् ।

आनन्द थापा

अभिनेता सरोज खनाल अमेरिकाबाट फर्किएर नेपाल आउनु अनि चलचित्रमा सक्रिय हुनु सकारात्मक कुरा हो (गसिप : सरोजको खलनायकी रूप) । परदेशमा रहने अन्य कलाकारहरू पनि स्वदेश फर्कनुपर्छ । 

सुमन पन्थ

सबै सेटको मूल्य उल्लेख गरिदिएको भए उपयुक्त हुने थियो (साइन्स एन्ड टेक्नो : जेडटीईका तीन सेट) । आमनेपालीको कमाइले खरिद गर्न सक्ने हुनुपर्‍यो । 

गोविन्द बुढाथोकी 

नेयमार मात्र किन (खेलकुद : फुटबलको अमूल्य स्वर्ण) ? अरूले गोल नगरेको भए नेयमारको गोलको भरमा मात्र ब्राजिलले खेल जित्थ्यो त ? मेरो विचारमा विजेता टिमका सबै खेलाडी नायक हुन् ।

विनोद घर्ती

नेपालको कानुन माकुराको जालोजस्तो छ (यौन : अधिकार कि अपराध ?) । माकुराको जालोमा फस्ने भनेका सानातिना भुसुना मात्र हुन् । ठूला–ठूला कीराहरू जालो तोडेर भाग्छन् । हो, नेपालमा कानुनले समात्ने भनेका पहुँच नहुनेहरू एवं गरिब–दु:खी निम्नवर्गीयहरू मात्रलाई हो । ठूलाबडाहरू कानुनलाई आफ्नो मुठ्ठीमा लिएर खुल्लमखुल्ला अपराध गरी छाती फुलाएर हिँड्छन् ।

सावित्री थापा

आजको युगमा कसैले यौनलाई घृणाका रूपमा हेर्छ भने त्यो मान्छे नै होइन, जबर्जस्ती गरेको भए पो सजाय दिनु ? 

धु्रवराज बराल 

लभ, लभ, लभ त आमिर खानको एउटा पुरानो चलचित्रको शीर्षक हो (निर्मात्रीको छोरासँग निश्चलकी श्रीमती) । मौलिक शीर्षक राखेको भए राम्रो हुने थियो । 

विप्लव ताम्राकार

साहित्यकारहरूको सोच पढ्न पाउँदा खुसी लाग्यो (साहित्य : साहित्यकारहरूको सोच्ने तरिका कस्तो छ ?) 

अंशु केसी

होचा दम्पतीहरूको समाचार रमाइलो रह्यो (पहिलो विश्व : ध्यान खिच्दै होचा दम्पती) । अरूका लागि पनि यो जोडी नमुना बनेको छ ।

प्रकाश

दुवै जनाको मन मिले ठीकै हो (यौन : अधिकार कि अपराध ?) तर कसैले जबरजस्ती गर्छ भने त्यसलाई त अपराध नै मान्नुपर्छ ।

जीबी खड्का

प्रकाशित :भाद्र २०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्