स्वर्णिम रिमाल बनिन् मिस टिन २०१६

- साप्ताहिक संवाददाता

भाद्र १९, २०७३

मिस टिन २०१६ को उपाधि स्वर्णिम रिमालले जित्न सफल भएकी छिन् । मिस टिनको मुख्य उपाधि सहित स्वर्णिमले सोसल मिडिया अवार्ड पनि हात पारिन् । उक्त प्रतियोगितामा फस्ट रनरअपमा स्नेहा पौडेल भइन् उनले मिस ट्यालेन्टको अवार्ड आफ्नो नाममा सुरक्षित बनाइन् । सेकेन्ड रनर अपतर्फ आकृति चन्द भइन् उनले भिअर च्वाइस र सोसल सर्भिसको अवार्ड पनि हात पारिन् । 

५९ जना टिनएज सुन्दरीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा सलोनी राई पपुलर र स्टाइलिस, सदिक्षा गिरी वेष्ट स्माइल, सुधा थापा वेष्ट स्कीन, रक्षा रिजाल पर्सनालिट, रुबिना शर्मा क्रियटिभ, प्रतिज्ञा पौडेल वेष्ट हेयर, नेहा सिंह क्याटवाक, रुबी राजन श्रेष्ठ बब्ली अवार्डका विजेता चयन भएका थिए ।

यसैगरी दृष्य गुरुङ भेटरान, रिचा अधिकारी डिसिप्लीन, अस्लिन ज्ञवाली फोटोजेनिक, निता पौडेल लिडरशीप, तितिक्षा मगर फ्रेन्डशीप तथा मुस्कान सुनार, स्नेहा पोटे श्रेष्ठ, अकिता श्रेष्ठ र अरुणा महर्जन अर्गनाइजर च्वाइस अवार्डमा सफल देखिएका थिए ।

 

 

प्रकाशित :भाद्र १९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्