तीजगीत प्रतिष्पर्धामा सीता परियार प्रथम

- माधव अर्याल

भाद्र १७, २०७३

तानसेनस्थित श्रीनगर एफएमले आयोजना गरेको अनलाइन तीजगीत प्रतियोगिता, २०७३ को उपाधि सीता परियारले जितेकी छिन् । 

परियारले ६ सय १५ जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधि हात पारेकी हुन् । श्रीनगर एफएममा धेरै पटक गीत गाउँदै उत्कृष्ट १० मा पुग्न सफल सीता मोबाइलबाट गीत गाउँदै पुन: स्टुडियोमा आएर गीत गाएर अन्तिम पाँचमा पुगेकी हुन् । तानसेन नगरपालिका हलमा आयोजित अन्तिम प्रतिष्पर्धामा प्रतिद्वन्द्वीहरुलाई ट्रयाक र ट्रयाकबाहिरबाट गीत गाउन लगाइएको थियो । प्रथम भएकी सीतालाई नगद १० हजार १ सय र प्रमाणपत्र एफएमले प्रदान गरेको छ । प्रतिस्पर्धा एकमहिनादेखि सुरु भएको हो । 

प्रतिस्पर्धामा निशा रणपाल द्वितीय भईन् । उनलाई नगद ६ हजार १ सय र प्रमाणपत्र दिइयो भने तेश्रो भएका बन्दीपोखराका सुरज ठडराईले २ हजार एक नगद र प्रमाण पत्र प्राप्त गरे । 

बन्दिपोखराकी अस्मिता गोदार र बराङ्दीकी विमला नेपालीले सान्तवना पाए । दुबैलाई नगद १ हजार ५ सय र प्रमाणपत्र प्रदान गरिएको छ । 

 

प्रकाशित :भाद्र १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्