प्रेमकथामा आधारित 'वृन्दावन'

- साप्ताहिक संवाददाता

भाद्र १७, २०७३

 

शीर्षकअनुसार चलचित्र वृन्दावन प्रेमकथामा आधारित होला भन्ने अनुमान लगाइन्छ । प्रेमकथा यो चलचित्रको एउटा पाटो मात्र हो । यो चलचित्रको मूल विषय बदलामा केन्द्रित छ । नायिका शिल्पा पोखरेल छवि ओझाको क्याम्पबाट बाहिरको चलचित्रमा कमै देखिएकी छिन् । वृन्दावन तिनैमध्येको एक चलचित्र हो ।

 

चलचित्र वृन्दावनमा दुई जना नायक छन्, तर नायिका भने एउटा बाँदरका साथ देखिएकी छिन् । पोस्टरमा पनि नायकहरूलाई भन्दा बाँदरलाई बढी महत्त्व दिइएको छ । आज शुक्रबार प्रदर्शनमा आउने चलचित्र वृन्दावनलाई रुद्र खनालले निर्माण गरेका हुन् । 

निर्देशक : राजबहादुर साने

संगीत : दीपक शर्मा र विकास चौधरी

कलाकार : शिल्पा पोखरेल, किशोर खतिवडा, दीपेन्द्र जिसी आदि । 

 

चलचित्र 'वृन्दावन' को ट्रेलर

प्रकाशित :भाद्र १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्