बाबाको 'चोखोपन'

- श्रद्धा श्रेष्ठ बिमला

भाद्र १६, २०७३- 

'ममी यो के बनाउनु भएको ?' लसुन छोडाउँदै मैले ममीलाई सोधें । सानैदेखि भान्सामा आमालाई सहयोग गर्ने हुँदा, लसुन छोडाउँने, जिरा पिस्ने, प्रेसर कुकरको सिठी गन्ने काम मेरो भागमा पथ्र्यो । हुन त गाउमा हँुदा मैले दाउरामा भात पकाऊँथे । साग र गुन्दु्रक मेरो मनपर्ने अनि मलाई पकाऊन आउने तिउन थिए । बेसार र नुन अड्कल जानिसकेकी थिएँ । तर सहरमा स्टोभ चलाउनु पथ्र्याे । सुरुमा दम दिएपछि हुरुक्क बल्ने आगोले सातो लाग्थ्यो । त्यसैले भान्साको सानोतिनो काम मात्र मेरो भागमा पर्थे । त्यो दिन म निकै जाँगर चलाएर काम गर्दै थिएँ  ।किनकि म फेरी पनि प्रथम भएकी थिएँ । कक्षा दुईको परिक्षामा हुन त गाउको सरकारी बिद्यालयमा चार कक्षासम्म पढेकी थिएँ । मैले तर बोर्डिङ स्कुलमा चारमा भर्ना लिन मानेनन् । मैले एकमा भर्ना हुन ए, बि, सि, डि, डि  चिन्नुपर्ने थियो । सबै चिनें । तर B र 3 मलाई उस्तै उस्तै लाग्यो ।

 

मैले B र 3 छुटाउन नसकेपछि मलाई साना भुराहरुको क्लासमा लगे । एलकेजीमा कति दिन सम्म त मलाई आफ्नै कक्षामा पढ्छु पनि भन्न आएन  । मसिना केटाकेटीको बिचमा बस्दा त म कागको बिचमा बकुल्ला जस्तो भए । सानै थिए । तर पनि म सानो कक्षामा भर्ना भएको थाहा पाएकी थिएँ । पढ्न पाइनँ भनेर म रोएपछि बाबाले म छोरीलाई बोर्डिङमै पढाउँछु भनेर लाग्नु भएको भएको थियो । मैले एलकेजी पढेपछि युकेजी पढ्न परेन प्रथम भएर । अनि युकेजीमा पुगेपछि २ मा भर्ना भएँ ।

 

म पोहोर साल प्रथम हुँदा बाबाले चकलेट ल्याईदिनु भएको थियो, चोकोफन । मेरो सबैभन्दा मनपर्ने हुनाले म त्यसैको सम्झनामा फुरुङ्ग पर्दै भान्सामा काम गर्दै थिएँ । घरिघरि म ममीलाई, “बाबा, कति बेला आउने भनेर सोधिरहन्थें । ‘अब २० मिनेट ।’ ‘अब... ५ मिनेट ’, ममीले मेरो एकोहोरो प्रश्नको जवाफ  झर्को मान्दै  दिनुहुन्थ्यो । मलाई त्यो ५ मिनेटको लम्बाई ५ बर्षको जस्तो लाग्न थालिसकेको थियो  ।

 

बाहिरको गेटको घन्टी बज्न बित्तिकै, म हस्याङफस्याङ गर्दै दगुरेर गेटतिर बतासिएँ । बाबाको हातमा सानो प्लास्टिकको निलो  झोलामा  टुलुटुलु हेर्दै म बाबातिर गएँ ।  “रिजल्ट कस्तो भयो, छोरी ?” बाबाले पुरै भन्न नपाउदै मैले एकै स्वासमा  भनें, “म फस्र्ट भएँ बाबा  भन्दै बाबाको वरिपरी झुम्मिसकेको थिएँ । थाकेर लखतरान परेपनि म भन्दा धेरै फुरुङ्ग हँुदै बाबाले मलाई जुरुक्क बोकेर गालामा म्वाई खानुभयो । 

 

अनि त्यो झोलामा राखिएका सबै चकलेट मेरो हातमा राखिदिनु भयो । “चोकोफन” जति सबै आफुलाई छुट्याएर बाँकि चै छिमेकि काकी र भाउजुलाई बाँडे । त्यो दिन बाबाको अनुहार पहिलेको जस्तो थिएन । म खाना खाँदै गर्दा आमाले बाबाको अगाडी जाउलो पस्किदै हुनुहुन्थ्यो । बाबा घरिघरि हात टाउकोमा राख्ने त कहिले छातीमा राख्दै हुनुहुन्थ्यो । जाउलो खाएपछि बाबा हात मुख चुठेर सुत्न जानु भयो । ममी भान्साको काममा निप्ट्याउन थाल्नुभयो  ।

 

पोहोर साल फस्र्ट  हुँदा बाबाले काखमा राख्दै मायाले, “सधै फस्र्ट हुनु है छोरी” भन्दै गाला र निधारमा माया गरेको सम्झें । “अब एसएलसीमा पनि छोरी बोर्ड फस्र्ट भएपछि त राजाले घरमै गाडी पठाईदिनुहुन्छ नि ।” राजाको कुरा अनि गाडीले म त्यसै दङ्ग पर्थें । अनि म मनमनै बोर्ड फस्र्ट भएर राजाको गाडीले मलाई लिन आएको कल्पना गर्थें । आज मलाई बाबाले यी सबै कुराहरु भन्नु भएन । काखमा राखेर माया पनि गर्नु भएन । लाग्थ्यो, कहिले पनि केहि नहुने र कहिले पनि बिरामी नपर्न त्यो सानो बालखा मनले मेरो बाबालाई १ सय २ को ज्वरो आएको थापाउनै सकेन । आफ्नो ज्यानले नदिए पनि मेरो लागि भनेर सकि नसकि काम गरेको अनि आफ्नो लागि औषधि नल्याई मेरो लागि, मनपर्ने चोकोफन ल्याइदिएको बुझ्नै सकेन ।

त्यो दिन बाबाले हेला गरेको सोचेर मा ममीको छेउमा गएर सुतें । जबकि मलाई बाबाको दुवै खुट्टामा आफ्नो खुट्टा नराखेसम्म निन्द्रा लाग्दैनथ्यो । आज ति दिन सम्झिदा मन हर्सले बिभोर हुन्छ । बाबा आफ्नो प्रबाह नगरी मप्रति बर्साउनु भएको निश्चल मायाको गुण मैले आजसम्म तिर्न सकेकी छैन । र, सायद सक्दिन पनि । बाबा न त म हजुरले भने जस्तो बोर्ड फस्टै हुन सकें । न मलाई लिन राजाको गाडी घरमा आयो । 

 

तर कहिंकतै कुनै दिन असल छोरीको परिक्षा भएछ अथवा कुन चाहिं बाबुको छोरी सबैभन्दा पौरखी, सबैभन्दा राम्रो भन्ने कुराको जाँच भएछ भने बाबा बोर्ड फस्र्ट म हुनेछु । अनि कुनै राजाले गाडी पठाउनु पर्ने छैन । हामी मैले किनेको गाडीमा जानेछौं । पुरस्कार लिन बोर्ड फस्र्ट छोरीको ।

 

अर्विंग, टेक्सस 

प्रकाशित :भाद्र १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्