सरोजको खलनायकी रूप

- साप्ताहिक संवाददाता

भाद्र १३, २०७३

 

अभिनेता सरोज खनाल अहिले चरित्र अभिनेताका रूपमा प्रस्तुत हुन थालेका छन् । चलचित्र ‘प्रेम गीत’ पछि सरोजले नायक–नायिकाको बुवाको भूमिका रोजिरहेका छन् । दर्शकले पनि उनलाई यही भूमिकामा स्वीकार गरेका छन् । हालै मात्र सरोज एउटा भिन्न चरित्रमा प्रस्तुत भएको तस्बिर सार्वजनिक भएको छ ।

 

अभिनेता सविन श्रेष्ठले निर्माण गरिरहेको चलचित्र ‘हिरो रिटन्र्स’ मार्फत सरोजको खलनायकी रूप बाहिरिएको छ । निर्देशक आशिष भेटवालले यो चलचित्रमा सरोजको भूमिकाका बारेमा कुनै जानकारी दिन मानेका छैनन् तर उनी नायिकाको दाजुको भूमिकाका प्रस्तुत भएको जानकारी चलचित्र यूनिटबाटै प्राप्त भएको छ ।

 

तस्बिरलाई आधार मान्ने हो भने सरोज यो चलचित्रमा जमिन्दारको भूमिका छन् । चलचित्रका एक मुख्य पात्रको अभिभावकको भूमिकामा प्रस्तुत भएका सरोजलाई नकारात्मक भूमिकामा दर्शकले कत्तिको रुचाउने हुन् प्रतीक्षाकै विषय हो

 

प्रकाशित :भाद्र १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्