गत साताको साप्ताहिक रोमान्टिक लाग्यो

- साप्ताहिक संवाददाता

भाद्र ८, २०७३

 

साउदी अरेबिया आएर गरिने जस्तो कठोर मेहनत नेपालमै गर्न सक्ने हो भने सोचेभन्दा चाँडो आधुनिक र समुन्नत नेपाल बनाउन सकिन्छ (नेपालबाहिरका नेपालीहरू : साउदी अरेबियामा बस्ने नेपालीहरू) । यो सबैलाई थाहा भएकै कुरा हो । खै त नेपालमा काम गर्ने वातावरण ?

मोहन सुवेदी

यसमा लापरबाही भयो (फेवातालमा डुब्यो दुई युवाको सपना) । लाइफ ज्याकेट नलगाइएको वा उपलब्ध नगराइएकाले दुई युवाको ज्यान गयो । अब यस्तो गल्ती नहोस् ।

शिवु नौबाध

 

७ जना खेलाडी, पदाधिकारीचाहिँ ४२ जना ? (खेलकुद : रियोमा नेपाली खेलाडीको प्रदर्शन) के हो यो ? 

फुपु छिरिङ

 

राम्रा खेलाडीभन्दा हाम्रा खेलाडी सहभागी भएपछि राम्रो परिणाम त आउँदैन नि (खेलकुद : रियोमा नेपाली खेलाडीको प्रदर्शन) । निष्पक्ष छनौटलाई स्थान दिइनुपर्छ ।

सुनिल चौधरी 

 

साप्ताहिकको गत अंक राम्रो थियो । अझ राम्रो हुँदै  जाओस् । 

नारायण सेन्चुरी

 

फेवातालमा जीवन रक्षक ज्याकेट अनिवार्य हुन्छ कि हुँदैन भन्ने कुरा सबैभन्दा महत्वपूर्ण छ । विदेशतिर लाइफ ज्याकेट अनिवार्य हुन्छ, होइन भने कानुनको पालना नगरेको ठहरिन्छ र त्यसबापत सजाय हुन्छ । साप्ताहिकले यस विषयमा छुट्टै लेख प्रकाशन गरे अझ राम्रो हुने थियो ।

जेठा गैरोघरे आङबुहाङ 

 

गत साताको साप्ताहिक रोमान्टिक लाग्यो । 

प्रकाश

 

मैले उनको कार्यक्रम हेरेको छु (तीन प्रश्न : म कल कान्तिपुरकी नयाँ भिजे) । उनी सरल र सुन्दर लाग्छिन् ।

पंकज ज्ञवाली 

 

नेपालमा त यो खेल डाउनलोड भएन (साइन्स एन्ड टेक्नो : पोकेमन गो क्रेज) । किन हो ?

सुशांक शर्मा

 

साप्ताहिकमा अनुवाद गरेर छापिएको कथाका मूल लेखकको नाम फरक पर्न गयो (कथा : चित्रकारकी श्रीमती) । गाय दे मोपाँसा हुनुपर्नेमा अन्यथा पर्न गएको छ । 

निर्मला अधिकारी

(त्रुटि औंल्याइदिनुभएकोमा हार्दिक धन्यवाद । -प्रधान सम्पादक)

प्रकाशित :भाद्र ८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्