झुठो आइ लभ यु

- साप्ताहिक संवाददाता

भाद्र ७, २०७३-  

रेखा थापा, अभिनेत्री

तपाईंको टाउकोमा केश नभएको भए के गर्नुहुन्थ्यो ?

बालै हुँदैनथ्यो नि ।

 

राजेश हमाल र भुवन केसीबीच वास्तविक फाइट नै पर्‍यो भने कसले जित्ला त ?
राजेश हमालले ‘हेइ..’ भनेर हात उठाउँदा भुवन केसीको मुस्कानले हात उठाउन नसक्ने बनाउँथ्यो । 

 

यो दुनियाँमा लुगा उत्पादन नभएको भए के हुन्थ्यो ?
झुक्किएर कसैले लुगा उत्पादन गरेर लगायो भने साप्ताहिकको मेनस्टोरी हुन्थ्यो ।

 

ऐना भएन भने युवतीहरूको स्थिति कस्तो होला ?
भए पनि त प्रेमी वा श्रीमान्लाई ‘आज म कस्तो देखिएकी छु ?’ भनेर सोधेकै हुन्छन् । 

 

महिलाको पनि दाह्री–जुँगा आउने भए ?
नर्मल हुन्थ्यो, नआउने भएर पो ।


मेकअप लगाउनेबित्तिकै एलर्जी हुने भए महिलाहरूले के गर्थे ?

महिलाहरूले त लगाउँदैनथे, बरु व्यापारीहरूलाई घाटा हुन्थ्यो । 

 

बाथरुममा नुहाइरहेका बेला अचानक कसैले ढोका खोलिदियो भने ?
ओ माई गड, बचाऊ भन्थें ।

 

युवकहरूले उभिएर जताततै पिसाब गरिरहेको दृश्य देख्दा तपाईंलाई कस्तो लाग्छ ?
विचराहरू, सहरमा सार्वजनिक ट्वाइलेट नभएकाले भित्तामा शरीरका विकारहरू विसर्जन गरिरहेका छन् भनेर सहानुभूति प्रकट गर्छु । 

 

तपाईंको टाउको जोडिएको नाङ्गो तस्बिर सोसल मिडियामा भाइरल भयो भने ?
दु:खी आत्माहरूलाई मेरो सर्वाङ्ग हेर्न कुण्ठा रहेछ । महादेवले तिनीहरूको कुण्ठा कम गरून् भन्ने कामना गर्छु । 

 

प्रेमीले प्रेमिकासँग अनि प्रेमिकाले प्रेमीसँग सबैभन्दा धेरै झूट बोल्ने कुरा ?
जति बेला पनि आई लभ यू भन्नु ।

प्रकाशित: भाद्र ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्