युरोपमा दोश्रो ठूलो सिनेमा हलमा गाजलु

- कुशल श्रेष्ठ

भाद्र ६, २०७३-

नेपाली सिनेमाको बेलायत प्रदर्शन नौलो होइन । बन्ने बित्तिकै व्यवसायिक प्रयोजनका लागि यूके आइपुग्छन् नेपाली फिल्महरु । तर कम्युनिटी हल, रेष्टुरेन्ट वा अन्यत्र सामान्य प्रोजेक्टरमा देखाइने परम्परा अन्त्य गर्दै नेपाली फिल्म ‘गाजलु’ सिने वर्ल्डमा प्रदर्शन गरे । 

अल्डरसटको विशेष प्रिमियर पछि यही अगष्ट २६, २७ र २८ मा यूकेका १० वटा सिने वल्र्ड हलमा ‘गाजलु’ देखाउने योजना छ । चिस्विक लन्डन मुख्यालय रहेको सिने वल्र्ड युरोपमा दोश्रो ठूलो सिनेमा अपरेटर मानिन्छ जसका ९ शहरमा २ हजार सिनेमा हल छन् ।

उक्त शोका लागि पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ परिवारसहित उपस्थित भएकी थिइन् । यसअघि २९ मेमा पनि उक्त फिल्मको वल्र्ड प्रिमियर भइसकेको थियो तर सिने वल्र्डमा प्रदर्शनका लागि डेढ साता समय निकालेर सृष्टि फेरि युके आएकी हुन् । हाउसफूल शोमा निक्कै हंसिली देखिएकी उनी भन्दै थिइन ‘मेरो पहिलो फिल्म हलिउड बलिउड सरह प्रदर्शन भएकोमा ज्यादै उत्साहित छु । यसले नेपाली सिनेमा अन्तर्राष्ट्रिय बजारमा लैजान सकिने एउटा उदाहरण प्रस्तुत भएको छ ।’ अहिले सिनेमा र रंगमञ्चमा एकसाथ रमाइरहेकी सृष्टि छिटै नयाँ चलचित्रमा देखिदै छिन् सो चलचित्रको लागि सम्झौता गरिसकेको पनि उनले जनाइन् । 

फिल्म प्रदर्शनमा स्थानीय मेयरेस र बेलायतस्थित नेपाली चलचित्रकर्मीको उत्साहजनक उपस्थिति थियो । इन्टरनेशनल नेपाली फिल्म एकेडेमीले र दि ईन्टेक १९८५ ले ‘गाजलु’ प्रदर्शन गरेको हो । नेपालमा निर्माण गरिएका राम्रा चलचित्रहरुलाई निरन्तर प्रदर्शन गरिने र इच्छा शक्ति भए नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा लैजान नसकिने होइन रहेछ’, संयोजक प्रशान्त थापाले बताए । 

कुमारीको कथामा आधारित छ ‘गाजलु’ हेमराज बिसी निर्देशित उक्त फिल्ममा सृष्टि श्रेष्ठ, अनमोल केसी, गौरब पहारी, सलोन बस्नेत, मेनुका प्रधान, गौरी मल्ल, कृष्ण मल्ल, विश्व बस्नेत, ऋतिक शाही आदिले अभिनय गरेका छन् ।

 

प्रकाशित :भाद्र ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्