नेपालमा किन वर्षैभर गाईजात्रा भएको होला ?

- साप्ताहिक संवाददाता

भाद्र ६, २०७३

 

६ सय १ साँढे भएपछि गाईजात्रा त भैहाल्छ नि ।

राज

देशमा ६ सय १ हास्यकलाकार छन् त्यसैले १ दिनको गाईजात्रा उनीहरूलाई अपुग भएर होला ।

उदय महरा

गाईजात्रा हाम्रो सांस्कृतिक पर्व हो । हाम्रो देशमा ३ सय ६५ दिन नै गाईजात्रा भएको होइन बरु भद्रगोल, डामाडोल भएको हो ।

प्रदेशी कान्छा काले 

यस्तो गाईजात्रा काठमाडौंमा मात्र सीमित छ, जहाँ राजनीतिजस्तो फोहोरी खेलका खेलाडीहरू गल्ली गल्लीमा भेटिन्छन् । त्यस्ता फुर्सदिलाले गाईजात्रा नगरेर के देशको विकास गरेर बस्छन् त ?

भद्र घिमिरे

चाहिनेभन्दा बढी दिमाग भएर, जनता सोझा भएर ।

घिसिङ तामाङ

अरू देशमा गाईजात्रा नहुने भएर ।

मंगोलियन सम्राट

गाईजात्रा देखाउने भन्दा हेर्न रुचाउनेहरूको संख्या बढी भएर ।

सबैको संकल्प

दुनियाँलाई हँसाउने कलाकारहरूको संख्या ६ सय १ भएर ।

श्रीराम ठकुरी

हैट्, नेपालमा कहाँ हुन्छ हौ त्यस्तो ? हामी पनि यतैको हो तर एक दिन पनि गाईजात्रा देखेको छैन ।

विजय राई

कलाकार धेरै छन् । सबैको पालो आउँदा वर्ष दिन त लागिहाल्छ नि ।

रुद्र देवकोटा

सबै जोकर जस्ता नेता भएर ।

सन्तोष न्यौपाने

गाईजात्रे कलाकारले भन्दा बढी जात्रा हाम्रो देशका नेताहरूले गरेर ।

राजु गिरी

देशका नेतादेखि कर्मचारीहरूमा दूर दृष्टि छैन । राजनीतिलाई सेवा नसम्झी कमाइ खाने भाँडो बनाउँछन्, जुन क्रियाकलाप गाईजात्राझंै लाग्छ ।

अर्जुन डोटेली

गाईजात्राको अनर्थ भो । यो त मृत आत्माको चिर शान्तिका लागि मनाइने पवित्र पर्व हो । 

संगति

नेता, शिक्षक, पत्रकार, कर्मचारी, मजदुर, विद्यार्थी सबै राजनीतिज्ञ हुन चाहन्छन् । त्यसैले गाइजात्रा लागेको होला । 

भुइँमान्छे

नेताहरू गोरु र जनता सोझो गाई भएर ।

निशा श्रेष्ठ

३ सय ६६ दिन नहुने भएकाले ।

दिप श्रेष्ठ

अभिनेताभन्दा नेता धेरै भएकाले ।

कमल

हाम्रो नेपाल संस्कृतिलाई अलि बढी पछ्याउने देश भएर हो कि ?

नयनसा श्रेष्ठ

गाईजात्रा होइन, गोरुजात्रा भन्दा उचित होला ? 

प्रसान थापा

यसका लागि योग्य कलाकारहरूका रूपमा प्रशस्त नेता नेपालमा भएकाले ।

कुमार श्रेष्ठ

नेता हुन कुनै शैक्षिक योग्यता नचाहिने, सांसद–मन्त्री हुन पनि कुनै शैक्षिक योग्यता नचाहिने । हुँदा–हुँदा बज्रस्वाँठ पनि राजनैतिक सल्लाहकार हुन पाउने भएपछि जनताले मात्र किन पढ्नु ? अब साक्षरले लोकसेवा आयोगको अधिकृत परीक्षा लड्न पाउनुपर्‍यो । 

सुवर्ण पोखरेल

गाईजात्रा हेर्न रुचाउने नेपालीहरू बुख्याँचाको (राजनीतिकर्मी) चाकरी र प्रोत्साहनमा अग्रसर हुन्छन् अनि ३ सय ६५ दिन नै किन गाईजात्रा नहोस् ?

एस शर्मा

सबै गाईजात्रे कलाकार (नेता) भएर ।

डिल्लीराज पाण्डे

 

प्रकाशित :भाद्र ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्