तीनभाई राईले जापानमा नचाए

- बिरेन्द्र पौडेल

भाद्र १, २०७३-

किराँत राई योयोक्खा जापानले टोकियो र नागोयामा आयोजना गरेको यलम्बर नाईट्स २०१६ सम्पन्न भएको छ । 

कार्यक्रममा गायक राजेश पायल राईले सागर सरी चोखो माया तिमीलाई दिउला, नाई न भन्नु ल..., दर्शन नमस्ते, मत मर्छु कि क्या हो ठूली...लगायतका आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर दर्शकहरुको मन जित्न सफल भए । राईले कार्यक्रममा विभिन्न पुर्वेली लय र जापानीज भाषाको गीत समेत प्रस्तुत गरेका थिए ।

राईले चलचित्र लोफरको एकासी, दुकासी... र चलचित्र पुरानो डुंगाको निर जहिले रिसाउनी...मा अभिनेता दयाहाङ राई र विल्सन विक्रम राईलाई साथमै नचाएका थिए । राजेशले गीत प्रस्तुत गर्ने क्रममै हामी तीन भाई राई जेठो, माईलो र कान्छो भन्दै दयाहाङलाई माईलो र विल्सन विक्रमलाई कान्छो भन्दै स्टेजमा बोलाएका थिए ।  

नेपाली फिल्म र गायन क्षेत्रका चर्चित तीन कलाकारहरुले एकसाथ स्टेजमा गीत र नृत्य प्रस्तुत गर्दा दर्जनौ यूवतीहरु स्टेजमै पुगेर सँगसँगै नाँचेका थिए । 

कार्यक्रममा गिनिज बुकमा नाम लेखाउन सफल बाल गायिका अथिति गौतम केसीले गायक राईसँग सागर सरी चोखो माया...गीत प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा हास्यकलाकार विलसन विक्रम राईले तक्मे बुढाको रुपमा प्रस्तुत हुँदै विभिन्न व्यंग प्रस्तुत गरे । 

प्रकाशित :भाद्र १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्