सबै २१ वर्ष

- साप्ताहिक संवाददाता

श्रावण ३२, २०७३

 

चलचित्रका निर्देशक जनक खड्काको उमेर २१ वर्ष । चलचित्रकै अभिनेता जुनिम गहतराजको उमेर पनि २१ वर्ष । अभिनेत्रीद्वय सविना मगर तथा मेरिना सैंजुको उमेर पनि २१ वर्ष । त्यति मात्र होइन, उनीहरूले अभिनय गरेको चलचित्रको गीतको शीर्षक नै छ, ‘२१ वर्ष पुगिसकें छैन कुनै एम...’ ।

यो गीतका गायक सुशान्त गौतमको उमेर पनि २१ वर्ष । चलचित्रका अधिकांश कलाकार तथा प्राविधिकको उमेर २१ वर्ष भएकैले होला, निर्देशक खड्काले आफ्नो पहिलो निर्देशनको चलचित्रको शीर्षक नै राखेका छन्, ‘२१ वर्ष’ । २१ वर्ष उमेर समूहका युवा–युवतीहरूकै कथा समेटिएको यो चलचित्र असोज ७ गते प्रदर्शनमा आउनेछ । अब हलमा चलचित्र हेर्न जाने दर्शकचाहिँ २१ वर्षका मात्र नहुन्, सबै उमेरका हुन् भन्ने कामना गर्ने कि ?

 

प्रकाशित :श्रावण ३२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्