मलाई अनलाइन भोट गरेर जिताउन सकिनेछ

- कृष्ण भट्टराई

श्रावण ३०, २०७३

 

शुसान्त खत्री

‘डान्स प्लस–२’ को उपाधि जित्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ? 

मेरो अहिलेको तयारी उपाधिकै लागि हो । यहाँसम्म आइपुग्न जति मेहनत गरेको छु, अहिले त्यो मेहनतलाई दुई गुणा बढाएको छु । वास्तवमा अडिसनदेखि प्रतियोगिताको उत्कृष्ट ६ सम्म आइपुग्नुलाई नै मैले एउटा ठूलो सफलता मानेको छु । 

 

प्रतियोगितामा अडिसन दिने क्रममा यो सफलताको आशा गर्नुभएको थियो ? 

अडिसनबाट प्रतियोगितामा छनौट हुनु नै ठूलो कुरा थियो । उत्कृष्ट ३० मा छनौट भएपछि भने म उपाधिको धेरै नजिक पुगेको छु भन्ने सोचेर धेरैभन्दा धेरै मेहनत गरेँ । आजसम्म पनि त्यो मेहनतलाई निरन्तरता दिइरहेको छु ।

डान्स प्लस–टुमा तपाईंले पाउनुभएको हालसम्मको सफलताको रहस्य के हो ?

मेरो अहिलेसम्मको मेहनत, नृत्यलाई आकर्षक शैलीमा प्रस्तुत गर्ने मेरो आफ्नै तरिका तथा निर्णायकहरूको मन जित्न सक्नु नै मेरो सफलताको रहस्य हो । 

 

प्रतियोगिता कत्तिको प्रतिस्पर्धात्मक छ ? 

शतप्रतिशत प्रतिस्पर्धात्मक छ । भारत आफैंमा एउटा विशाल देश हो । मैले भारतभरका उत्कृष्ट डान्सरहरूसँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ । वास्तवमा यो प्रतियोगिता अत्यन्त ‘टफ’ छ । 

 

टप सिक्समा पुगेपछि भोट माग्न नेपाल आउने कुरा थियो नि ? 

टप सिक्समा पुग्न सफल सबै ६ जना प्रतिस्पर्धीको टुंगो लागेपछि स्टार प्लसले हामीलाई आ–आफ्नो सहर पठाउने कुरा भनेको छ तर त्यसको ठ्याक्कै मिति तय भैसकेको छैन । मिति तय हुनेबित्तिकै फेसबुकमार्फत म सम्पूर्ण शुभेच्छुक तथा प्रशंसकहरूलाई यो कुराको जानकारी गराउनेछु । नेपाल आएर भोट माग्नु त अनिवार्य नै छ । 

 

नेपालबाट तपाईंलाई कसरी भोट गर्न सकिन्छ ? 

अनलाइन भोटिङ गर्न सकिनेछ, तर त्यसका लागि अझै केही समय लाग्ने देखिन्छ । अनलाइन भोटिङ प्रारम्भ हुनेबित्तिकै म यो कुरा सार्वजनिक गर्नेछु । 

(मुम्बईमा रहेका सुशान्तसँग टेलिफोन वार्ता) 

प्रकाशित :श्रावण ३०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्