१५ औं तीज महोत्सव सञ्चालनमा
श्रावण ३०, २०७३
महिला दिदी–बहिनीहरूको हितका लागि स्थापना गरिएको महिला सिर्जनशील केन्द्रले यसै साउन २७ गतेदेखि त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको भुइँतलामा स्पेसल तीज महोत्सवको सञ्चालन गरिरहेको छ । यो पन्ध्रौं संस्करणको तीज मेला भोलीसम्म चल्नेछ ।
तीजका लागि अति आवश्यक सामग्रीहरूसहित पुजाका सामग्री, हस्तकला, साडी, कुर्ता, उपहार सामग्री, मेहन्दी, होम अप्लाइन्सेस आदिसमेतका ९० वटाभन्दा बढी स्टल राखिएको प्रदर्शनीमा विशेष तीज परिकारसहित फुड स्टल पनि छ । महोत्सवमा करिब ४० हजार अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।
प्रकाशित :श्रावण ३०, २०७३



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्