आजदेखी 'जय पर्शुराम'

- साप्ताहिक संवाददाता

श्रावण २८, २०७३

 

तराईमा हुने राजनैतिक अपराध तथा गुण्डागर्दीमा आधारित थुप्रै नेपाली चलचित्र तयार पारिएका छन् । नायक निखिल उप्रेतीले आफ्नो ‘कमब्याक’ का रूपमा आफ्नै निर्देशनमा तयार पारेको यस्तै चलचित्र ‘भैरव’ ले गत बर्ष सफलताको स्वाद चाख्यो ।

नेपाली चलचित्रमा एक्सन नायकका रूपमा व्यस्त रहेर पनि पछिल्ला केही वर्षयता भोजपुरी चलचित्रमा सक्रिय विराज भट्टको ‘कमब्याक’ चलचित्र ‘जय पर्शुराम’ले पनि लगभग त्यस्तै कथा बोकेको छ । ठूलो क्यानभासमा तराईको अपराधिक गतिविधि शून्य गर्ने ठेक्का लिएका एक प्रहरी अधिकृतको कथा पनि यसअघिको ‘भैरव’मा दर्शकले हेरिसकेका छन् । अपराध गरेर निमुखा जनतामाथि राज गरिरहेका खुंखार खलनायक र उसको वैभवलाई नाश गर्न खटिएका ती प्रहरी अधिकृतको लडाइँ नै जय पर्शुरामको मूलकथा हो ।

चलचित्र निर्माताका रूपमा चिनिएका रोज राणा आफैंले निर्देशन गरेको यो चलचित्रमा विराज भट्टलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ । यो चलचित्रमा एनबी महर्जनको द्वन्द्व, रामेश्वर कार्कीको छायांकन तथा सुवास देवकोटाको छायांकन छ ।  

निर्देशक : रोज राणा संगीत : महेश खड्का

कलाकार : विराज भट्ट, निशा अधिकारी, रबिन तामाङ आदि । 

 

जय पर्शुराम चलचित्रको ट्रेलर

 

 

प्रकाशित :श्रावण २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्