कल कान्तिपुरकी नयाँ भिजे

- साप्ताहिक संवाददाता

श्रावण २७, २०७३- 

सुरक्षा पन्त, भिजे, नायिका

सिभिल इन्जिनियर भैसकेको व्यक्ति कसरी ‘कल कान्तिपुर’ को प्रस्तोता बन्न पुग्नुभयो ? 

म पेसाले इन्जिनियर हुँ तर टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्नु मेरो सबैभन्दा ठूलो ‘प्यासन’ हो । इन्जिनियरिङमा व्यस्त भए पनि म भिडियो जक्कीका रूपमा स्थापित हुनेछु । 

 

‘कल कान्तिपुर’ मा कस्तो अनुभव भैरहेको छ ? 

म यो कार्यक्रममा आएको एक महिना भयो । हरेक साँझ ५ बजेदेखि ६ बजेसम्म दर्शकसँग प्रत्यक्ष कुराकानी गर्न पाउँदा ‘एक्साइटेड’ हुन्छु । कम समयमै मैले प्रशस्त दर्शकको माया पाउन थालेको अनुभव गर्दैछु । 

 

अभिनयमा चाहिँ नआउने ? 

विगतमा मैले स्व. आलोक नेम्वाङको निर्देशनमा चलचित्र ‘अझै पनि’ मा अभिनय गरेकी थिएँ । मैले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छु । अभिनयका दृष्टिले अब भने विज्ञापनमा मात्र सीमित भएकी छु ।

प्रकाशित :श्रावण २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्