यस्तो पो प्रतिभा

- साप्ताहिक संवाददाता

श्रावण २४, २०७३

 

१६ वर्षकै उमेरमा गायिकाका रूपमा उदाएकी छिन् श्रीषा कुँवर । गायक तथा संगीतकार बुवा तुला पर्वतकी छोरी श्रीषा गायनमा मात्र अब्बल छैनन्, अभिनय तथा नृत्यमा पनि उत्तिकै सिपालु छिन् ।

सानै उमेरदेखि लोक गीत, भजन तथा बालगीत गाउँदै आएकी श्रीषा यतिबेला आफ्नो नयाँ गीतका कारण चर्चामा छिन् । ‘हल्का हल्का...’ शीर्षकको उक्त गीतमा श्रीषा आफैंले अभिनेता पल शाहसँग अनस्क्रिन रोमान्स गरेकी छिन् । निर्देशक प्रसन्न पौडेल समेत उनको अभिनय, नृत्य तथा गायन कलाबाट प्रभावित छन् ।

प्रसन्न भन्छन्— ‘एउटै कलाकारमा यति धेरै प्रतिभा बिरलै पाइन्छ ।’ हस्की शैलीको गायनका कारण कम समयमै लोकप्रिय भैरहेकी श्रीषाले आस्था बी, आस्था राउत तथा इन्दिरा जोशीलाई आफ्नो आइडल मानेकी छिन् । 

श्रीषाको ‘हल्का हल्का...’ गीतको म्युजिक भिडियो 

1

 

प्रकाशित :श्रावण २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्