राजेश हमाललाई महानायक भन्नु कत्तिको जायज छ ?

- साप्ताहिक संवाददाता

श्रावण १९, २०७३

 

राजेश हमाल नेपालमा एक मात्र त्यस्ता कलाकार हुनुहुन्छ, जसले आफू को हुँ भनेर चिन्नुभएको छ । आफ्नो व्यक्तित्व र ख्यातिलाई मेन्टेन गर्नुभएको छ । वर्षौंदेखिको उही निरन्तरता, शारीरिक बनोट, अनुहार, अभिनय, द्वन्द्वका साथै शैक्षिक योग्यताका कारण पनि उहाँलाई महानायक उपाधिबाट सम्बोधन गरिनुलाई म जायज मान्छु ।

लक्ष्मी बस्नेत, मोडल/कोरियोग्राफर 

के भन्नु खोइ ?

ग्रिहेन्द्र घिमिरे, इन्ट्रेप्रेनर

जायज छैन, उनको अभिनय सधैं एकनासको रह्यो । उनी भर्सटायल कलाकार त होइनन्, महानायक त झन् परको कुरा हो । 

सुरेश पौडेल, वृत्तचित्र निर्माता

नायक मात्र हुन्, महानायक होइनन् । शरीरको साइज र प्रशंसकका आधारमा मात्र महानायक मान्ने हो भने छुट्टै कुरा हो । 

जगदीश्वर थापा, चलचित्र लेखक

जायज छ, किनभने उहाँकै कारणले नेपाली चलचित्र क्षेत्र यहाँसम्म आइपुगेको हो ।

मनोज केसी, पूर्वअध्यक्ष, नेफ्टा

समयसँगै धेरै नायकले अभिनयसँगै अन्य काम गरिरहेको सन्दर्भमा राजेश हमाल यस्ता अभिनेता हुनुहुन्छ, जो सदा नायकका रुपमा मात्र सक्रिय हुनुहुन्छ । वर्षौंदेखि धेरै दर्शकले उहाँलाई नायककै रूपमा देखेका छन् । उहाँको यही योगदानको कदर गर्दैै महानायक भन्नु सही हो । 

रिनेशा राई, नृत्य निर्देशक

लामो समयदेखिका सदाबहार नायक तथा दर्शकले माया गरेको भएर होला, उहाँलाई महानायक भनेर सम्मान गरिएको । उहाँलाई महानायक भनिनुलाई म जायज मान्छु ।

कनिपा सिंह, रंगकर्मी

रमहानायकको परिभाषा मलाई थाहा नभएकाले जायज–नाजायज, भन्न सक्दिनँ । 

प्रदीपकुमार उदय, निर्माता

संख्यात्मक हिसाबले धेरै चलचित्रको नायक हुँदैमा कोही महानायक हुन्छन् र ? त्यसबाहेक यो क्षेत्रमा उहाँको के योगदान छ ? 

नीतु पोखरेल, नायिका

२७ वर्षभन्दा बढी समय चलचित्र क्षेत्रकै लागि समर्पित गरेकाले उहाँलाई महानायक भनिनु म जायज मान्छु ।

नम्रता सापकोटा, नायिका

संख्यात्मक हिसाबले नेपाली चलचित्रमा उहाँले दिनुभएको लामो समय, उहाँको बौद्धिक लेभल तथा नेपाली दर्शकको माया र लोकप्रियताका कारण उहाँ महानायक नै हो । 

बाबु बोगटी, गायक/नायक

महानायकभन्दा पनि उनी कर्मठ अभिनेता हुन् । साढे दुई दशकभन्दा लामो कालखण्डमा उनले पात्र र चरित्रमार्फत नेपाली समाजको एजेन्डा पर्दामा प्रस्तुत गरे । उनले निर्वाह गरेको विद्रोही चरित्र देखेर युवाहरूले उनलाई आइकन माने । उनलाई महानायक मानिएको विषयमा डिस्कोर्स जरुरी छ । 

विष्णु शर्मा, चलचित्र समीक्षक

राजेश हमाल नि:सर्त नेपाली चलचित्रको बक्सअफिसका लागि ‘फेसभ्यालु’ भएका कलाकार थिए, तर जसले हमाललाई ‘महानायक’ को उपाधि प्रदान गर्‍यो, उसलाई पनि किन यो उपाधि दिइयो थाहा छैन होला ।

अशेष अधिकारी, पत्रकार

 

प्रकाशित :श्रावण १९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्