नेपालीहरूको जीवन किन कष्टकर भएको होला ?

- साप्ताहिक संवाददाता

श्रावण १८, २०७३

 

अराजक राजनीतिक स्थितिले गर्दा । 

माधवकुमार नेपाल 

सतीले सरापेको देश भएर ।

भरत क्षेत्री 

बुद्धि र विवेकलाई सही तरिकाले प्रयोग गर्न नजानेर ।

आयुश शाही

सबै राजनीतिको कारणले गर्दा हो । भ्रष्टाचार गर्नेमा नेपाल विश्वमै अग्रणी स्थानमा छ । 

रमेश

किनभने नेपालीहरू परिवर्तन चाहँदैनन् । सहमति–मेलमिलाप चाहँदैनन् । सबै त्यही फोहोरी राजनीतिमा पल्किएका छन् ।

लक्ष्मण बम्जन

भ्रष्टाचार, कुशासन तथा आफ्नो मात्र विकास गर्ने नेता अनि पार्टीका कार्यकर्ताका कारणले हो । जनताको भलो कसले चाहन्छ अनि कसरी उनीहरूको जीवन सरल होस् ?

पूर्ण राइ

कसैको बाध्यता, कसैलाई समयको प्रतिफल । अरू विविध कारण पनि छन् ।

लन्ली हार्ट

राजनीतिको फोहोरी खेलले गर्दा ।

राजेन्द्र श्रेष्ठ

धेरै जान्ने–बुझ्ने भएर होला । 

महेन्द्र भट्टराई

पटक–पटक सत्ता परिवर्तन भैरहने हुनाले हामी दु:ख पाइरहेका छौं । 

मनीषा बगाले

यो देशमा जति जनता छन्, पार्टी पनि त्यति नै छन्, नेता पनि त्यति नै छन् । दु:ख पाउनु त स्वभाविक भैहाल्यो नि । 

बितेका पल

सबै अल्छी र स्वार्थी भएकाले होला । 

महानन्द भट्टराई

यो सबै सभासद्हरूका कारणले भएको हो । 

गणेश खनाल

फोहोरी राजनीतिले गर्दा । 

राजेन्द्र श्रेष्ठ

देशमा असल नेतृत्व नभएका कारणले । 

सिएम विवस क्षेत्री

रोजगारीको अवसर छैन । उद्योगधन्दा खुलेका छैनन् । दु:ख पाउनु त छँदै छ नि । 

विवेक काफ्ले

देश बनाउने युवाहरू सबै बिदेसिएका छन् । देश रित्तो हुने क्रममा छ । नेताहरू सत्ताको लोभमा दौडिरहेका छन्, त्यसैले गर्दा हो ।

सुविन्द्र

यो सबै भ्रष्ट नेता र अस्थिर सरकारको उपज हो ।

राजु गिरी

 

प्रकाशित :श्रावण १८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्