झरी

- मीनराज वसन्त

श्रावण १६, २०७३

 

हामी नै उस्ता हौँ                                                             आकाश रोइरहेको छ यतिबेला र

आँसु खसाल्दैछ

बादलको आँखाबाट

‘झरी’ त्यसैलाई भनिरहेको छौँ 

हामी । हो, झरी परिरहेछ बाहिर म मौन छु भित्र कोठामा र बनाइरहेको छु कमजोर कागजको डुङ्गा बारीमा मकैका पात जुठेल्नोमा काँक्रो, घिरौँला, बोडीका पातहरू

बजिरहेका छन्—

मीठो संगीतको उचाइ नापेर ।

 

गोठको जस्ता 

गुनगुनाइराखेको छ

गला तिखारेर

डयाङ डुङ डयाङको भाका

हतार हतार 

भान्साबाट पटुकीको फेर मिलाउँदै

भन्नुहुन्छ आमा—

‘कस्तो झरी पर्‍यो आज’ 

 

तर गर्नु के 

जतिसुकै झरी परे पनि

मनका गराहरू 

कहिल्यै चिसा भएनन् ।

 

 

प्रकाशित :श्रावण १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्