आज प्रदर्शित हुने चलचित्र संजोग

- साप्ताहिक संवाददाता

श्रावण १४, २०७३-
निर्देशक वेदप्रसाद भुर्तेलकै कथामा निर्माण भएको चलचित्र ‘संजोग’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ । नायक सविन श्रेष्ठ र नायिका सुष्मा कार्कीका चलचित्रले पछिल्लो समय असफलताको ट्याग भिरिरहेका बेला आज प्रदर्शनमा आउने त्रिकोणात्मक प्रेमकथा तथा एक्सनले भरिएको चलचित्र ‘संजोग’बाट यी दुईले पनि निकै आशा गरेका छन् ।

चलचित्रमा अर्का नायक प्रज्ज्वल गिरी पनि छन् । सविन र प्रज्ज्वलको मायामा परेकी सुष्माले अन्तत: कसलाई रोज्छिन् भन्ने कुरामा चलचित्रको कथा अघि बढेको छ । हरिनारायण चौधरीको छायांकन, चन्द्र पन्तको द्वन्द्व तथा गोविन्द राईको नृत्य निर्देशनको चलचित्र ‘संजोग’लाई दधिराम उप्रेतीले निर्माण गरेका हुन् ।

निर्देशक : वेदप्रसाद भुर्तेल
संगीत : उज्ज्वल थेवे लिम्बु/कुमार विवाहित 
कलाकार : सविन श्रेष्ठ, प्रज्ज्वल गिरी, सुष्मा कार्की, पुष्कर भट्ट आदि । 

चलचित्र संजोगको ट्रेलर

प्रकाशित :श्रावण १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्