इन्स्टाग्राममा चर्चित हुँदै नेपाली किशोरी

- प्रकाश अर्याल

श्रावण ११, २०७३

 

नेपाली किशोरी जस्मिन रेग्मी (instagram.com/jasmineregmi) का भिडियोहरू सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल हुँदै गएका छन् । हाल स्कटल्यान्ड बसोबास गर्ने चितवनकी १९ वर्षीया जस्मिनका मेकअपसम्बन्धी भिडियोहरू अहिले संसारभरि फैलिएका छन् ।

उनको भिट वास्क स्ट्रिप (veet wax streep) सम्बन्धी भिडियो एक सातामै १३ लाखले हेरिसकेका छन् भने १३ हजारभन्दा बढी कमेन्ट आइसकेको छ । यस्तै आँखा मेकअपसम्बन्धी भिडियो ३ लाखभन्दा बढी हेरिएको छ ।  १ लाखभन्दा बढी हेरिएका भिडियो तीनवटा छन् । सात महिनाअघि मात्र इन्स्टाग्राममा एकाउन्ट खोलेकी रेग्मीका हाल ३० हजारभन्दा बढी फलोअर छन् र उनको एकाउन्टमा हरेक दिन सयौं फलोअर थपिइरहेका छन् ।

जस्मिनका फलोअरमा युरोप तथा अमेरिकाका युवाहरू बढी छन् । रोबेर्ट गोर्डन युनिभर्सिटीमा फाइन आर्ट्समा अध्यनरत रेग्मी कुशल चित्रकार पनि हुन् ।

 

प्रकाशित :श्रावण ११, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्