पारस शाहको नालीबेली पढ्न पाउँदा खुसी लाग्यो

- साप्ताहिक संवाददाता

श्रावण ९, २०७३

पारस शाहको नालीबेली पढ्न पाउँदा खुसी लाग्यो (फ्रन्टपेज : के गर्दैछन् पारस नेपालमा ?) । समग्रमा साप्ताहिक उत्कृष्ट छ ।

नवीन खड्का

साप्ताहिकको नयाँ साज–सज्जा एकदम राम्रो छ । पाठकहरूको चाहनाअनुरूपका सामग्री 

समेट्नुहोला ।

टीकाराम देवकोटा

गजुरियल विश्लेषण एकदमै राम्रो छ । सुबिन भट्टराईको लेख पढेपछि साथीहरूको संगत पनि फेर्न मन लाग्यो । 

सन्तोष चौधरी

सबै लेख ज्ञानवद्र्धक नै छन् । हरेक अंकमा घुम्नलायक ऐतिहासिक पर्यटकीय स्थलहरूका बारेमा पढ्न पाउँदा खुसी लाग्छ । साप्ताहिकमा बलिउड नायिका सनी लियोनीका बारेमा पढ्न पाएर खुसी भएँ ।

भरत खनाल, चितवन, 

भरतपुर– ११, गणेशथान टोल

पैसा हो पैसा (मैदानबाहिर : पेलेको अर्को विवाह) । सबै कुरा पैसामा अडिएको हुन्छ । 

अधुरो जिन्दगी

मिस मेचीको उपाधि जितेकोमा समीक्षाजीलाई बधाई छ (समीक्षाले जितिन् मिस मेचीको उपाधि) । राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा पनि सफलता हात परोस् ।

अतिसा अधिकारी

ठीकै भयो नि (समाचार : औपचारिक डिभोर्स) अब दुवै जना आफ्नो जीवन जिउन स्वतन्त्र भए । 

चाम्लिङग्राम राई

दिलैदेखि लेख्दा यस्तै महसुस हुन्छ (पुस्तक वार्ता : सल्लीपिर लेख्दा धेरै पटक मुटु बटारियो) । भावनामा डुबेर लेखिएका पुस्तकको स्वाद पनि बेग्लै हुन्छ । 

विष्णु केसी

 

प्रकाशित :श्रावण ९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्