के स्वदेशको तुलनामा विदेश स्वर्ग नै छ त ?

- साप्ताहिक संवाददाता

श्रावण ५, २०७३

छैन, स्वर्ग हुन पनि सक्दैन ।                                                

कुमार कान्छा

अहँ, विदेश स्वर्ग लागेन । जे–जस्तो भए पनि आफ्नै देश राम्रो । 

भाग्यलक्ष्मी क्षेत्री

यो त मानिसहरू बुझाइमा भर पर्छ । केलाई स्वर्ग भन्ने ? 

हिमाल रौले

स्वर्ग हुँदै होइन, तर नर्क भन्नु पनि ठीक नहोला । काठमाडौं सहरले दिएको पीडा र अभावग्रस्त ती दिनहरूभन्दा त कति–कति आनन्दित छ । मेरा सपनाहरू काठमाडौं सहरका गल्लीहरूमै बिलीन हुन्थे । यहाँ केही न केही पूरा हुँदैछन् ।

वसन्त सापकोटा

नेपालीहरू ठूला–ठूला सपना बोकेर विदेश जान्छन्, तर विदेश पसेपछि सपनाहरू पूरा होलान् वा नहोलान् भन्न सकिँदैन । म पिएचडी गर्न विदेश आएँ, तर यहाँ काम गर्न आएका नेपालीहरूको अवस्था देख्दा बाहिर हाँसेर भित्र रोएजस्तो लाग्छ । विदेशको बसाइ हेर्दा स्वर्ग लाग्ला, तर यथार्थ त्यस्तो छैन । विदेशमा बगाउने पसिना नेपालमै बगाउने हो भने नेपाल स्वर्ग हुन्छ ।

रविमोहन तिवारी, हाल : जापान 

स्वर्ग न नेपालमा छ न विदेशमा । स्वर्ग अनुभूतिमा मात्र छ, त्यो अनुभूतिमा कहिले नेपाल आउँछ त कहिले विदेश ।

सुरेश जोशी

विदेश भौतिक सुख–सुविधामा अवश्य पनि स्वर्गजस्तो लाग्न सक्छ, तर त्यो भौतिक सुविधाले मात्र शान्ति दिन सक्दैन । मनमा छाउने शान्ति स्वदेशमा मात्र मिल्न सक्ने भएकाले विदेशको तुलनामा स्वदेश नै स्वर्ग हो ।

एलिना संग्रौला, बेलायत

स्वर्ग कतै छ भने त्यो आफ्नै मातृभूमिमा छ । जहाँ मेरो देश भनेर गर्वले छाती फुल्छ । जहाँ आफ्नो माटोको सुगन्ध छ । जहाँ आफ्नोपनको अनुभूति हुन्छ । भौतिक सुख–सुविधा तथा आधुनिक सम्पन्नताले जीवन सुखी देखिए पनि मन खुसी हुने आफ्नै आमाको न्यानो काखमा हो ।

भगवती

स्वर्ग होइन विदेश र नर्क पनि नभनिहालूँ । मनमा शान्ति भए पो स्वर्ग मन सधैँ स्वदेशमै हुन्छ ज्यान विदेशमा भए पनि ।

शुभु नेपाली, अस्ट्रिया

विदेश स्वर्गजस्तो हुँदैन । यहाँ आएपछि थाहा हुन्छ । भौतिक सुख–सुविधा भए पनि आत्मिक– मानसिक सन्तुष्टि पाइँदैन ।

मच्छे गुरुङ, अमेरिका

छैन ।                                                                          

सहवीर थापा

प्रकाशित :श्रावण ५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्