पेलेको अर्को विवाह

- एजेन्सी

श्रावण १, २०७३

 

केही खेलाडी कहिल्यै बूढा हुँदैनन्, प्रेम प्रसंगलाई लिएर । विश्व फुटबलले पाएको अहिलेसम्मकै सबैभन्दा ठूला स्टार पेले यसै साता फेरि वैवाहिक बन्धनमा बाँधिए । उनको यो तेस्रो विवाह हो ।

पछिल्ला ६ वर्षदेखि उनी मार्सिया सिबेले आकीको प्रेम सम्बन्धमा थिए । पेलेले त्यही प्रेमलाई विवाहको रूप दिएका हुन् । अहिले पेले ७५ वर्षका भैसकेका छन् । त्यसैले उनले मिडियालाई आफ्नो विवाहका बारेमा भनेका छन्, ‘मार्सियाप्रति अबको मेरो प्रेम सधैंका लागि हुनेछ ।’ पछिल्लो समय पेले लगातार बिरामी हुन थालेका छन् र उनको रेखदेख गर्नेमा तिनै मार्सिया अग्रपंक्तिमा छिन् ।

उनीहरूको पहिलो भेट सन् १९८० मा भएको थियो, तर प्रेम सम्बन्धको सुरुवात भने सन् २०१० पछि मात्र भएको हो । मार्सिया ४२ वर्षकी छिन् र व्यापार गर्छिन् । 

प्रकाशित :श्रावण १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्