फ्रिडाको सोसल वर्क

- एजेन्सी

असार २९, २०७३

स्लमडग मिलेनियर एक्ट्ेरस फ्रिडा पिन्टो हालै एक सोसल प्रोजेक्टसँग आबद्ध भएकी छिन् । पहिलो चलचित्रबाटै विश्वभर आफ्नो अलग इमेज बनाउन सफल फ्रिडाले सुरुवातदेखि नै सामाजिक कार्यमा चासो राख्दै आएकी हुनाले उनलाई सामाजिक कार्यकर्ता बनाउन उक्त प्रोजेक्टका अधिकारीहरू लालायित थिए जुन प्रोजेक्टको नाम ‘लेट गल्र्स लर्न’ राखिएको छ ।

यो क्याम्पेनअन्तर्गत फ्रिडा आफैं लाइबेरियाको सहर मोनरोबिया पुगेकी थिइन् । यो क्याम्पेनमा युवतीहरूको शिक्षा एवं सीप सिकाइमा विशेष ध्यान दिइनेछ । फ्रिडा स्वंय पनि यो नयाँ प्रोजेक्टसँग जोडिन पाउँदा आफूलाई भाग्यमानी मान्छिन् । यस क्रममा उनले अमेरिकी राष्ट्रपति पत्नी मिसेल ओबामासँग पनि भेट्न पाएकी छिन् । खासगरी जब फ्रिडा विद्यालय अवलोकनमा पुगिन्, त्यतिबेला फस्र्ट लेडि अफ युनाइटेड स्टेट्स मिसेल ओबामा पनि त्यहीं थिइन् ।

त्यस क्रममा फ्रिडाले यो अभियानका सम्बन्धमा फस्र्ट लेडीलाई अवगत गराएकी थिइन् । फ्रिडाको कुरामा विश्वास गर्ने हो भने उक्त कार्यक्रममा मिसेल ओबामा आउने कुरा थिएन, तर मिसेलले सप्राइज भिजिट तय गरेपछि फ्रिडासहित सबै चकित भएका थिए । 

 

प्रकाशित :असार २९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्