के स्वदेशको तुलनामा विदेश स्वर्ग नै छ त ?

असार २८, २०७३

 

मेरो नजरमा स्वर्ग होइन, नर्क हो । आँखाले स्वर्ग होला तर मनले नर्क । त्यसैले म मनले देख्ने मान्छे नर्क नै भन्छु । 

दीपेन्द्र अश्रुमाली

यो कुरा व्यक्ति, उसको चाहना र आकांक्षासँग सापेक्ष हुन्छ ।

मोद ढकाल

स्वर्ग र नर्क भन्नु मनको अनुभूति हो, मन त स्वदेशमै रमाउँछ । नेपाल स्वर्ग हो, विदेश नर्क ।

कृष्ण थापा, इजरायल

स्वर्गीय आभास आफैंभित्र पाइन्छ । आफ्नै वरिपरि अनि आफ्नै मातृभूमिमा त्यसलाई महसुस गर्न सकिन्छ । 

दीपेश केसी, नयाँ दिल्ली

नर्क हो, कता स्वर्ग हुनु ? परदेश बाध्यता र समस्याले ल्याएको अवस्था हो ।

रविचन्द्र भट्टराइ, अस्ट्रिया

स्वर्ग त नेपालमै छ नि । 

अरुणकुमार सिंह

विदेश कहिल्यै स्वर्ग हुन  सक्दैन । स्वर्ग त नेपाल नै हो । 

रस्मिला कावान

नेपालमा रोजगारी नपाएपछि बिदेसिनु बाध्यता हो । सोचेजस्तो त कहाँ हुन्छ र ? विदेश आफ्नै गाउँ–घर जस्तो कहिल्लै हुँदैन । 

रमन कार्की

अहँ, छैन । मलाई नेपाल नै प्यारो लाग्छ । 

एलिना संग्रौला, बेलायत

काम–सीप सिक्न सकिन्छ तर भविष्यका लागि विदेश त्यति राम्रो र बस्न लायक ठाउँ होइन । 

सरोज बस्नेत

नेपाल नै राम्रो छ । विदेश अनुभव र सीपका लागि मात्र उपयुक्त हो ।

अम्बरिश पोखरेल, जापान

प्रकाशित :असार २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्