नो सरी : सलमान

- साप्ताहिक संवाददाता

असार २६, २०७३

 

चलचित्र सुल्तानको छायांकनका क्रममा दिएको विवादास्पद बयानपछि लफडामा फसेका अभिनेता सलमान खानले यस विषयमा माफी नमाग्ने संकेत दिएका छन् । रेसलिङ कोर्टको छायांकनपश्चात त्यसबाट बाहिरिँदा आफूलाई सामूहिक बलात्कृत महिलाजस्तो महसुष हुने बयान दिएका सलमान त्यही विषयमा मुद्दा परेपछि फसेका थिए ।

हरियाणस्थित हिसारकी सामूहिक बलात्कारपीडित एक युवतीले आफूहरुको अपमान भएको भन्दै सलमानसँग १० करोड भारतीय रुपैयाँ क्षतिपूर्ति माग गरेकी थिईन् । भारतको राष्ट्रिय महिला आयोगले यस विषयमा सलमानसँग जवाफ मागेको थियो । प्रतिउत्तरमा सलमानले माफी नमागी प्रस्टीकरण पत्र बुझाएका छन् । आयोगकी अध्यक्ष ललिता कुमारमंगलमले सलमानले माफी नमागेको बताएकी छिन् ।

अब सलमानको जवाफलाई आयोगको कानुनी टिमले अध्ययन गर्ने र पक्रिया अघि बढाइने बताइएको छ । विश्लेषकहरुका अनुसार सलमान यो यो विवादमा थप अप्ठ्यारोमा पर्न सक्छन् । यसले खासगरी सुल्तानको प्रवद्र्धनमा असर पर्‍ुयाउनेछ । 

प्रकाशित :असार २६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्