भारतीय निर्देशकको नेपाली नाटक

- साप्ताहिक संवाददाता

असार २५, २०७३

भारतको नाट्यचेतना (नाट्यग्राम) का नाटक निर्देशक तथा लेखक सुबोध पटनायकको निर्देशनको नाटक ‘सिँढी’ कालिकास्थानस्थित सर्वनाम थियटरमा मञ्चन भएको छ । सर्वनाम नाट्य समूहको निम्तोमा नेपाल आएका पटनायकले तीन साताको कार्यशालापछि उक्त नाटक मञ्चन गरेका हुन् । नाटकमा कार्यशालामा भाग लिने नेपाली कलाकारहरू मिना खड्का, सविना गोपाली, स्नेहा न्याछ्यो, आत्मा एमएम, आदित्य शर्मा, विम्ब अधिकारी, राजन आचार्य आदिले अभिनय गरेका थिए । 

 

प्रकाशित :असार २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्