युरो : केही तथ्य

- सुमनराज ताम्राकार

असार २५, २०७३

 

- युरो च्याम्पियनसिपको पहिलो गोल युगोस्लाभियाका मिलान गालिच (फ्रान्सविरुद्ध युरो–१९६० मा), पच्चीसौं गोल डेनमार्कका कार्ल बर्टेल्सेन (हंगेरी विरुद्ध युरो–१९६४ मा), पचासौं गोल चेकोस्लोभाकियाका डेनेक नेहेदा (नेदरल्यान्डविरुद्ध युरो–१९७६ मा), सयौं गोल फ्रान्सका एलाइन गिरेस्से (बेल्जियम विरुद्ध युरो–१९८४ मा), एकसय पचासौं गोल नेदरल्यान्डका मार्को भान बास्टेनको ह्याट्रिक गोल (र्इंगल्यान्ड विरुद्ध युरो–१९८८ मा), २ सयौं गोल डेनमार्कका किम भिल्फोर्ट (जर्मनी विरुद्ध युरो–१९९२ को अन्तिम गोल) तथा ५ सयौं गोल स्पेनका जाबी (रूसविरुद्धको युरो–२००८ को सेमिफाइनल खेलमा) ले गरेका थिए । 

- फर्नान्डो टोरेस र हुआँ माटा (स्पेन र चेल्सी २०१२), लुइस सुआरेज (इन्टर मिलन र स्पेन १९६४), हान्स भान बु्रकलेन, रोनाल्ड कोइमान, बेरी भान अर्ले र जेराल्ड भानेवर्ग (पीएसभी आइनहोभन र नेदरल्यान्ड १९८८) आदि खेलाडीले एउटै वर्ष युरो कप फाइनल र क्लबस्तरीय च्याम्पियन्स लिग खेलेर विजेता बन्ने सौभाग्य पाएका थिए । 

- सेप मायर, हान्स जर्ज स्वार्जेनबेक, फ्रेन्ज बेकनबाउर, उली होइनेस (वायर्न म्युनिख र पश्चिम जर्मनी १९७६), रिकार्डो कार्वाल्हो, नुनो भ्यालेन्टे, कोस्टिन्हा, मानिचे, डेको र पाउलो फेरेरा (एफसी पोर्टो र पोर्चुगल २००४) लगायतका अन्य १० खेलाडीले च्याम्पियन्स लिग जिते पनि त्यही सालको युरो कप जित्नबाट चुके । 

- युरो च्याम्पियनसिपको इतिहासमा सर्वाधिक छिटो गोल गर्ने खेलाडी रूसका दिमित्री किरिचेन्को हुन् । उनले युरो–२००४ को समूह चरणमा ग्रिसविरुद्ध केवल ६७ सेकेन्डमै गोल गरेका थिए । 

- समूह चरणमा समान अंक भए पनि गोल अन्तरका कारण अघि बढेको ग्रिसले फाइनलमा आयोजक पोर्चुगललाई हराई उपाधि नै जितेको थियो । यसअघि ग्रिसले पोर्चुगललाई युरो–२००४ को उद्घाटन खेलमा पनि पराजित गरेको थियो । क्वाटर फाइनलमा साविक विजेता फ्रान्सलाई हराएको थियो । यसरी ग्रिस साविक विजेता र आयोजक राष्ट्र दुवैलाई हराउने पहिलो टिम बन्यो ।

प्रकाशित :असार २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्