केशको स्याहार गर्ने तरिका

- साप्ताहिक संवाददाता

असार २३, २०७३

    दिनहुँ केश नुहाउँदा त्यसको प्राकृतिक तेल नष्ट हुन सक्छ । त्यसैले सातामा तीन पटक मात्र नुहाउनु उपयुक्त हुन्छ ।

    केशलाई चिसो र सफा पानीले धुनुपर्छ । तातोपानीले केस रूखो बनाउनुका साथै टुक्रिने सम्भावना पनि हुन्छ । 

    केश धोइसकेपछि तौलियाले बेरेर बाँध्नु हुँदैन, बरु खुला हावामा सुख्खा हुन दिनुपर्छ । 

    चिसो केश काइँयोले कोर्नु उपयुक्त हुँदैन । त्यसो गर्दा केश टुक्रिने तथा झर्ने सम्भावना हुन्छ । 

    कमसल वा सस्तो खालको स्याम्पु वा कन्डिसनर प्रयोग गर्नु हुँदैन ।

प्रकाशित :असार २३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्