भान्छामा राम्रो गर्न

- साप्ताहिक संवाददाता

असार २२, २०७३

    फ्रिजमा चार/पाँचवटा कोइला राखौं । यसले फ्रिजबाट निस्कने हानिकारक ग्यास कार्वनडाइ अक्साइडलाई अवशोषित गर्छ र खानेकुरालाई विषाक्त हुनबाट जोगाउँछ । 

    काँचो नरिबल फोर्नुअघि त्यसलाई दुई मिनेटजति आगोमा तताउने अनि त्यसपछि तुरुन्तै चिसो पानीमा डुबाउने । 

    नयाँ भाँडावर्तनमा टाँसिएको स्टिकर उप्काउन सुरुमा त्यसलाई केही क्षण आगोमा तताउनुपर्छ । त्यसपछि चक्कुको सहयोगले उक्त स्टिकर उप्काउन सकिन्छ । 

    पुरी बनाउन आँटा मुछ्ने बेला एक चिया चम्चा सख्खर मिसाउनुपर्छ । सख्खरले पुरी नरम बनाउँछ । 

    लसुनको केस्रा सजिलैसँग छोडाउन उक्त केस्रालाई केही समय पानीमा भिजाउनुपर्छ ।

 

प्रकाशित :असार २२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्