अपच वा अजिर्ण भएमा

- लोकनाथ खनाल

असार १८, २०७३

कहिलेकाहीं भोजभतेरमा वा मीठो लागेर धेरै खाए अपच हुन्छ । पाचन प्रणाली कमजोर भएका कारण पनि अजिर्ण हुन्छ । त्यस्तो अवस्थामा जुन कारणले अपच भएको हो त्यसको विकल्प प्रयोग गर्न सकिन्छ । 

    आँप धेरै खाएर असहज भए जामुन वा दूध वा सुठो र गुड मिसाएर खाँदा लाभ हुन्छ । 

    भातका कारण अजिर्ण भए ज्वानो, दही, तातो दुध वा नरिवलको टुक्रा खानुपर्छ । 

    मासको दाल अपच भए सख्खर खानुपर्छ । 

    स्याउ धेरै खाएर अपच भए गुलकन्द एक चम्चा वा थोरै दालचिनी खानुपर्छ । 

    केराउ नपचे अदुवा वा सुठो खाँदा लाभ मिल्छ । 

    घिउ नपचेको अवस्थामा तातोपानीसँग मरीच खाँदा फाइदा हुन्छ । 

प्रकाशित :असार १८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्