समय–समयमा सरप्राइज दिनुपर्छ

- प्रमि शाक्य, आरजे

असार १६, २०७३-
    प्रेममा एक–अर्काप्रति विश्वास हुनुपर्छ । यो नै प्रेमको सबैभन्दा महत्वपूर्ण मन्त्र हो । 

    प्रेममा एक–अर्कालाई फ्री (स्वतन्त्र) छोड्नुपर्छ, उसलाई मन लागेको कुरा गर्न दिनुपर्छ । जस्तो कि आफ्नो पार्टनरलाई साथीहरूसँग घुम्न मन छ, कतै कहीं बाहिर जान मन छ भने जान दिनुपर्छ । आफ्नो पार्टनरको केटासाथी अथवा केटीसाथीहरू हुन सक्छन्, उनीहरूसँग कुरा गर्न दिनुपर्छ । 

    आफ्नो पार्टनरलाई सकेसम्म टाइम (समय) दिनुपर्छ । आफ्नो र उसका कुरा सेयर गर्नुपर्छ । 

    कहिलेकाहीं आफूले उसका बारेमा कस्तो फिल गरिन्छ, भन्नुपर्छ । 

    आफ्नो गल्ती होस् अथवा उसको, गल्ती मैले नै गरेको हो भनेर बस्नु हुँदैन, जसको गल्ती भए पनि माफी माग्नुपर्छ । यो आफ्नो रिलेसन बचाउने एउटा महत्वपूर्ण मन्त्र हो । 

    जन्मदिन, वार्षिकोत्सव तथा अन्य विशेष दिनहरू बिर्सनु हुँदैन । समय–समयमा सरप्राइज उपहार दिनुपर्छ । 

    आफ्नो पार्टनरका लागि आफू जहिले पनि सेन्सेटिभ, क्रिएटिभ तथा एड्भेचरस हुनुपर्छ । यसले सम्बन्ध अझ राम्रो बनाउन सहयोग गर्छ । 

    आफ्नो पार्टनरलाई आफूलाई के चाहिएको छ भन्नुपर्छ र उसले आफूबाट के चाहन्छ, त्यो पनि सोध्नुपर्छ । कहिलेकाहीं आफूले समय दिन सकिंदैन, उसले भनेको समयमा उपस्थित हुन सकिँदैन । यसले उसको मुड चेन्ज गर्न सक्छ । यसबाट सम्बन्ध बिग्रन सक्छ । त्यही भएर यस्ता कुरामा विशेष ख्याल गर्नुपर्छ । 

    उसको भावना बुझ्नुपर्छ । आफूले मन पराएको मान्छेको आँखाको इसारा बुझ्नुपर्छ । 

    जे–जस्तो परिस्थिति आए पनि आफ्नो पार्टनरको साथ छोड्नु हुन्न उसले के फिल गरिरहेको छ, सेयर गर्नुपर्छ । यसले सम्बन्धलाई अझ मजबुत बनाउँछ । 

प्रकाशित :असार १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्