रीताको चाहना

- तेजन खड्का

असार १५, २०७३-

हेटौंडामा जन्मिएर पूर्वको सुन्दर नगरी इटहरीलाई कर्मथलो बनाएकी रीता कट्टेल पूर्वाञ्चलमा भिडियो जक्कीमा रूपमा परिचित छिन् । चुलबुले स्वभाव भए पनि कट्टेल कम नै बोल्न रुचाउँछिन् ।

आर्कषक शारीरिक बनावट मात्र होइन, त्यति नै सुन्दर मुहार भएकी कट्टेल झट्ट हेर्दा कुनै चलचित्रकी नायिका भन्दा कम लाग्दिनन् । विराटनगरको मकालु टेलिभिजनमा कार्यक्रम चलाउने कट्टेल इटहरीको विश्व आदर्श कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत छिन् ।

कट्टेललाई म्युजिक भिडियो तथा चलचित्रका लागि अफर गर्ने निर्माता तथा निर्देशकहरूको कमी छैन । यद्यपि उनी आफ्नो अध्ययन पूरा नगरी अरू क्षेत्रमा हात नहाल्ने बताउँछिन् । रीता भन्छिन्– ‘मेरो पहिलो प्राथमिकता भने कै अध्ययन हो । डायमन्डशमशेरको ऐतिहासिक कृतिमा आधारित चलचित्र ‘सेतो बाघ’ मा समेत अभिनय गरिसकेकी कट्टेल अध्ययन सकेपछि भने चलचित्र क्षेत्रमा आउने सम्भवना रहेको बताउँछिन् । 

 

प्रकाशित :असार १५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्