मौसमीको अलि अलि गर्दा गर्दै

- साप्ताहिक संवाददाता

असार १४, २०७३

गायिका मौसमी गुरुङ आफ्नो नयाँ गीतको म्युजिक भिडियो लिएर दर्शकमाझ आएकी छिन् । अलि अलि गर्दा गर्दै बोलको यो गीत उनले हालै युट्युव मार्फत् रिलिज गरेकी हुन् । 

सफ्ट रोमान्टिक शैलीको यो गीतको म्युजिक भिडियो आफूले अहिलेसम्म गरेको भिडियोमध्ये सबैभन्दा चित्त बुझेको मौसमी बताउँछिन् । यो गीतमा नरेशदेव भट्टराईको शब्द, जेम्स प्रधानको संगीत तथा एरेञ्जमेन्ट छ । श्रीधर पौडेलले निर्देशन गरेको यो म्युजिक भिडियोमा नायिका अनु शाह तथा मोडल प्रविन लाकौलको अभिनय छ । भिडियो ज्ञानेन्द्र शाहले छायांकन गरेका हुन् भने भिडियो सम्पादन निशान भट्टराईले गरेका छन् ।  लामो समय विरामी परेकी मौसमी अव भने सांगीतिक क्षेत्रमै व्यस्त रहने सोचका साथ अघि बढेकी छिन् ।

अलि अलि गर्दा गर्दैको म्युजिक भिडियो

प्रकाशित :असार १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्