अश्लील दृश्य राखेर मात्र चलचित्र नचल्ने रहेछ ।
असार १२, २०७३
नेपालमा पनि पोलिग्राफिक मेसिन आएको कुरा सुनेर खुसी लाग्यो (साइन्स एण्ड टेक्नो : युरो कपमा प्रयोग भएका प्रविधि) । अब नेपालका सबै दोषी–भ्रष्टाचारीहरू कानुनको दायरामा आउँछन् । कि नियम–कानुन सानालाई मात्र लाग्ने हो ?
४६२९
नवीन पाण्डेले भनेजसरी सुरुमै खेलको अनुमान गर्न सकिन्छ र ? (अन्तर्वार्ता : फुटबल रणनीतिक खेल हो) कुन टिमले जित हात पार्छ त्यो त खेल सकिएपछि मात्र थाहा हुन्छ । अनुमान गलत पनि हुन सक्छ । तारक केसी
यो घटनाबाट धेरैले पाठ सिक्नेछन् (मनोरन्जन : फ्लप पनेरु) । अश्लील दृश्य राखेर मात्र चलचित्र नचल्ने रहेछ । यो भ्रम पक्कै मेटियो होला ।
तारा वाग्ले
सम्भावित हूलदंगा वा आतंकवादी आक्रमणविरुद्ध सतर्कता अपनाउनु राम्रै हो । जुनसुकै बेला जे पनि हुन सक्छ । प्रविधिको प्रयोगले सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न सक्छ ।
वीरबहादुर विष्ट, शंखमूल
साप्ताहिकको गत अंक राम्रो लाग्यो । योभन्दा अझ राम्रो हँुदै जाओस् । साप्ताहिकको प्रगति हुँदै जाओस् । रमाइला कुराहरू पढ्न पाइयोस्— शुभकामना छ ।
सुमित शर्मा, लेखराज भट्टराई
सफलताको शिखरमा पुग्ने बेला यस्तै कुराहरूले पछाडि धकेल्छन् (मैदान बाहिर : समस्यामा डे गोया) । सेलिब्रिटीहरूले यस्तो कुराबाट जोगिनुपर्छ ।
हिमा पोखरेल
टिष्टुङ बज्रवाराही राजधानीबाट नजिकै रहेछ (ट्राभल एन्ड लिजर : टिष्टुङ बज्रवाराही) । बिदामा घुम्ने रहर जाग्यो ।
माधव राजभण्डारी
साप्ताहिकको आगामी अंकमा जीवन उपयोगी टिप्सहरू पढ्न पाउने अपेक्षा गरेको छु ।
सोनाम शेर्पा थिम्मी
नाम मात्र नयाँ शक्ति हो (गजुरियल विश्लेषण : नयाँ शक्तिको पुरानो कुरा) । कार्यशैली र सोच भने पुरानै छ । जनतालाई नयाँपनको अनुभूति गराउनुपर्यो ।
नम्रता झा
सम्मानित हुने सबै स्रष्टालाई बधाई छ (सांगीतिक स्रष्टाहरू सम्मानित) । लोकसंस्कृतिका धरोहरहरूलाई हामीले बिर्सनु हुँदैन ।
दीपक क्षेत्री
आम्मै ! ९ किलोग्रामको टाउको (पहिलो विश्व : ९ केजीको टाउको) ? कस्तो अचम्मको समाचार ।
धुर्ब पराजुली
शकुन्तला थापाजी, तपाईंको प्रगति सुनेर खुसी लाग्यो (लोकदोहोरीमा रातो पछ्यौरी) । निरन्तर सफलताको कामना ।
दीपक शिवाकोटी
प्रकाशित :असार १२, २०७३



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्